बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

बाढीपहिरोले कृषि क्षेत्रमामात्रै ५ अर्बभन्दा बढीको क्षति, ५८ हजार हेक्टर धानबाली र एक हजार हेक्टर अलैँची नष्ट

images
मंगलबार, असोज १५ २०८१
images
बाढीपहिरोले कृषि क्षेत्रमामात्रै ५ अर्बभन्दा बढीको क्षति, ५८ हजार हेक्टर धानबाली र एक हजार हेक्टर अलैँची नष्ट

त्यसैगरी विभिन्न ६ जिल्लामा बाढीका कारण ४ सय ५८ हेक्टर माछापोखरीमा १ अर्ब १३ करोडको क्षति भएको छ।

images
images

काठमाडौं- गएको बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशभर जनधनको ठूलो क्षति भएको छ।

images
images
images

बाढीपहिरो र डुबानका कारण कृषि क्षेत्रमा मात्रै पाँच अर्ब रूपैयाँभन्दा बढीको क्षति पुगेको छ। कृषिबाली, पशुपक्षी तथा मत्स्य उत्पादन, खेतीयोग्य जमिन, कृषिसम्बन्धी पूर्वाधारका साथै आपूर्ति श्रृंखलालगायतमा क्षति पुगेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ।

images
images

मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार बाढीपहिरो तथा डुबानका कारण ५८ हजार ४ सय ७६ हेक्टर धानबाली नष्ट हुँदा ३ अर्ब ५० करोड रूपैयाँ बराबरको क्षति भएको छ।

images
images

सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्कि, स्याङ्जा, सिन्धुली, मकवानपुर, काभ्रेमा धानबालीमा क्षति पुगेको हो।

यस्तै खोटाङमा एक हजार तीनसय हेक्टर अलैँची नष्ट हुँदा ७० करोड बराबरको क्षति भएको छ भने पर्सामा ८५ हेक्टर क्षेत्रफलको उखुमा क्षति पुग्दा ३४ करोड रूपैयाँ बराबरको क्षति भएको छ।

त्यसैगरी विभिन्न ६ जिल्लामा बाढीका कारण ४ सय ५८ हेक्टर माछापोखरीमा १ अर्ब १३ करोडको क्षति भएको छ।

पाँचथर, धनकुटा र तेह्रथुममा २४ पशुगोठमा क्षति पुगेको छ। देशभर २६ हजार २ सय ५ पशुपक्षीको मृत्यु भएको कृषि मन्त्रालयले जानकारी दिएको छ। 

मन्त्रालयका अनुसार २२ हेक्टर फलफूल बगैँचा, ४ हजार ७ सय ४३ हेक्टर तरकारी बालीमा क्षति पुग्नुका साथै २ वटा कोल्डस्टोरमा पनि क्षति भएको छ।

१६ करोड बराबरको मन्त्रालय र मातहतको कार्यालयको भौतिक तथा अन्य संरचनामा क्षति पुगेको मन्त्रालयले जनाएको छ।

अन्य क्षतिको विवरण संकलन भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ।


प्रकाशित : मंगलबार, असोज १५ २०८११७:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend