बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

बाढीपहिरोबाट २१ जिल्लामा १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान

images
मंगलबार, असोज १५ २०८१
images
बाढीपहिरोबाट २१ जिल्लामा १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान

बाढी र पहिरोका कारण २ सय २४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन्। १५८ जना घाइते भएका छन्।

images
images

काठमाडौं- बाढी र पहिरोबाट देशभर १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

images
images
images

सरकारले निकालेको प्रारम्भिक अनुमान अनुसार गत असोज ११ र १२ गते आएको बाढी र पहिरोका कारण १७ अर्ब रुपैयाँ हाराहारी क्षति पुगेको मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिएका छन्।

images
images

प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य सचिव आर्यालले बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी दिएका हुन।

images
images

७७ मध्ये २१ जिल्ला प्रभावित भएको बाढीपहिरोका कारण मुख्य काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक र मकवानपुरमा बढी क्षति भएको छ।

बाढी र पहिरोका कारण २ सय २४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन्। १५८ जना घाइते भएका छन्।

बाढी र पहिरोका कारण सडक र पुलतर्फ २ अर्ब ५२ करोड खानेपानीतर्फ ३ अर्ब ५५ करोड, उर्जा तर्फ ४ अर्ब र कृषि तथा पशुपक्षीतर्फ ६ अर्ब रुपैयाँ क्षति भएको छ।

खोज तथा उद्दार कार्य २ दिनभित्र सक्ने र राहतलाई एकद्धार प्रणालीमार्फत वितरण गर्ने समेत सरकारले जानकारी दिएको छ।

त्यस्तै घरबारविहीन भएकाहरुलाई सरकारले तोकेको स्थानमा अस्थायी आवास बनाउन दिइने र मृतकको परिवारलाई जनही २ लाख रुपैयाँ दिने समेत मुख्य सचिव अर्यालले जानकारी दिए। 


प्रकाशित : मंगलबार, असोज १५ २०८११७:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend