सोमबार, माघ २८ गते २०८१    
सोमबार, माघ २८ २०८१
images
images

बाढीपीडित मेकानिकहरुलाई सिप्रदीको सहयोग

images
मंगलबार, असोज १५ २०८१
images
images
बाढीपीडित मेकानिकहरुलाई सिप्रदीको सहयोग

सिप्रदीयन सहायता संस्थाले त्यस्ता प्रभावित क्षेत्रहरुमा विभिन्न किसिमका अत्यावश्यक वस्तुहरु राहतस्वरुप वितरण गर्दै आइरहेको जनाएको छ।

images
images

काठमाडौं- सिप्रदीयन सहायता संस्था तथा सिप्रदी अटोपार्टस प्रालिले उपत्यकाको खोला किनारमा ज्याला मजदुरी गर्दै आइरहेका बाढीपीडित मेकानिकहरुलाई दैनिक उपभोग्य सामग्रीहरु तथा खाद्यान्न सहयोग प्रदान गरेको छ। 

images
images
images

सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायी संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा २६ घरधुरीलाई सिरक, डस्ना र सिरानी एक-एक वटा, १ बोरा चामल, ३ किलो दाल, १ लिटर तेल तथा अन्य खाद्य तथा घरायसी सामाग्रीहरु राहतस्वरुप वितरण गरिएको हो।

images
images

पछिल्लो निरन्तरको मनसुनी वर्षाका कारण आएको बाढी तथा पहिरोले नेपालका विभिन्न भू-भागमा बसोबास गरिरहेका व्यक्तिहरुको जनजीवन प्रभावित भएको छ भने कैयौँ घरबारविहीन भएका छन्।

images
images
images

सिप्रदीयन सहायता संस्थाले त्यस्ता प्रभावित क्षेत्रहरुमा विभिन्न किसिमका अत्यावश्यक वस्तुहरु राहतस्वरुप वितरण गर्दै आइरहेको जानकारी दिएको छ।


प्रकाशित : मंगलबार, असोज १५ २०८११६:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend