आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

विपद् प्रभावितलाई तत्काल राहत सामग्री वितरण र पुनःस्थापना गर्न सरकारलाई निर्देशन

images
मंगलबार, असोज १५ २०८१
images
images
विपद् प्रभावितलाई तत्काल राहत सामग्री वितरण र पुनःस्थापना गर्न सरकारलाई निर्देशन

सम्भव भएका सबै उपाय अवलम्बन गरी विपद् प्रभावितलाई राहत सामग्री वितरण र पुनःस्थापनाको काम अघि बढाउनसमेत निर्देशन दिइएको छ।

images
images

काठमाडौं- प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले बाढीपहिराका कारण सडक अवरुद्ध हुँदा विभिन्न राजमार्गमा अलपत्र यात्रीहरुलाई तत्काल उद्धार गरेर गन्तव्यमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको छ।

images
images

समितिको आजको बैठकले अवरुद्ध राजमार्ग पुनःसञ्चालन तथा वैकल्पिक सहायक मार्गको उचित प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको हो।

images
images

सडक यातायात अवरुद्ध भएका बेला अस्वाभाविक रुपमा हवाई भाडा वृद्धि भएकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै हवाई भाडाको अनुगमन गर्न, सडकको पहुँच नपुगेको जिल्लामा हवाई यातायातको व्यवस्था गर्न, दैनिक उपभोग्य वस्तुको कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारलाई दिर्नेशन दिइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए।

images
images
images

बैठकले सम्भव भएका सबै उपाय अवलम्बन गरी विपद् प्रभावितलाई राहत सामग्री वितरण र पुनःस्थापनाको काम अघि बढाउनसमेत निर्देशन दिएको छ। रासस


प्रकाशित : मंगलबार, असोज १५ २०८११५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend