बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

म्याग्दीका शर्मिला र मायाकुमारीले एकैवर्षमा बिक्री गरे १० लाखभन्दा बढीको निगुरो

images
मंगलबार, असोज १५ २०८१
images
म्याग्दीका शर्मिला र मायाकुमारीले एकैवर्षमा बिक्री गरे १० लाखभन्दा बढीको निगुरो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ दोवाको जंगलमा पाइने निगुरो सदरमुकाम बेनी बजार हुँदै बागलुङ बजार ल्याउने गरिएको छ।

images
images

बागलुङ- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ दोवाका स्थानीय शर्मिला पुर्जाले निगुरो संकलन गरी बिक्रीका लागि बागलुङ बजार पठाउँछिन्। साउनदेखि असोजसम्म पुर्जासहित दोवा गाउँका महिलाको दैनिकी जंगलमा निगुरो खोज्ने र बेच्नमा बित्छ।

images
images
images

लेकाली जंगलमा उम्रिने निगुरोको बजारमा राम्रो माग हुने गरेको छ। निगुरो उपभोक्ताको रोजाइमा परेपछि शर्मिला पुर्जासहितका महिलाहरुलाई आयआर्जनमा सहयोग पुगेको छ।

images
images

यस वर्षमात्रै शर्मिला र मायाकुमारी पुनले १० लाख ५० हजार रूपैयाँको निगुरो बिक्री गरे।

images
images

पुर्जाले भनिन्, 'वन उपभोक्ता समिति, संकलन कर्ता, गाडी भाडा कटाएर बाँकी रकम नाफा हुन्छ, यहाँका महिलालाई घर खर्च पुग्छ, कम्तीमा एकजनाले एक ‘सिजन’मा एक लाख रूपैयाँभन्दा माथिको निगुरो बिक्री गर्छौँ।'

पुर्जाले मात्रै यसवर्ष आठ लाख ५० हजार र माया पुनले दुई लाख ५० हजार रूपैयाँको बिक्री गरेको बागलुङ बजारका व्यापारी शंकर रेग्मीले बताए। रेग्मीले विगत चार वर्षदेखि निगुरोको बिक्री गर्दै आएका छन्।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ दोवाको जंगलमा पाइने निगुरो सदरमुकाम बेनी बजार हुँदै बागलुङ बजार ल्याउने गरिएको छ।

बागलुङ बजारका व्यापारी रेग्मीले होलसेल मूल्यमा तरकारी व्यापारीलाई निगुरो बिक्री गर्दै आएका छन्।

बागलुङमा दोवाको निगुरो होलसेल प्रतिमुठा ८० र खुद्रा प्रतिमुठा एकसय रूपैयाँमा बिक्री हुने गरेको छ। रासस


प्रकाशित : मंगलबार, असोज १५ २०८११४:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend