मंगलबार, माघ २९ गते २०८१    
मंगलबार, माघ २९ २०८१
images
images

जलवायु परिवर्तनका असर घटाउन प्रविधि हस्तान्तरणमा कृषिमन्त्रीको जोड

images
मंगलबार, असोज १५ २०८१
images
images
जलवायु परिवर्तनका असर घटाउन प्रविधि हस्तान्तरणमा कृषिमन्त्रीको जोड

जलवायु परिवर्तनका असर घटाउन प्रविधि विकास तथा हस्तान्तरण गर्न उनले जोड दिएको इसिमोडले जनाएको छ।

images
images

काठमाडौं- कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले जलवायु परिवर्तनका कारण देशको कृषि क्षेत्रमा प्रभावित भएको बताएका छन्। साथै उनले जलवायु परिवर्तनका असर घटाउन प्रविधि हस्तान्तरणमा जोड दिएका छन्।

images
images
images

अन्तरराष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)ले आज यहाँ आयोजना गरेको अन्तरराष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै मन्त्री अधिकारीले जलवायु परिवर्तनको सामनामा पर्वतीय खाद्य प्रणालीको दिगोपनलाई सम्बोधन गर्न सबै एकै ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याए।

images
images

देशको पहाडी पारस्थितिक प्रणालीको समृद्ध विविधताले लाखौँको जीविकोपार्जनलाई सहयोग पुर्‍याएको चर्चा गर्दै मन्त्री अधिकारीले साना तथा सीमान्त किसानले राष्ट्रिय खाद्य सुरक्षाको लागि महत्वपूर्ण योगदान गरेको बताए।

images
images
images

नेपालका विविध कृषि-जलवायु क्षेत्र, समृद्ध पारिस्थितिक क्षेत्र र कृषि जैविक विविधताले खाद्य र पोषण सुरक्षा, कृषि उत्पादकत्व वृद्धि र ग्रामीण जीवनस्तरमा सुधार ल्याउन अपार सम्भावना प्रदान गरे पनि दबाबपूर्ण चुनौतीको सामना गर्नुपरिरहेको मन्त्री अधिकारीले उल्लेख गरे।

जलवायु परिवर्तनबाट परेको प्रभावको सामना गर्न सरकारले प्रकृतिमैत्री,सरल, दिगो समाधानका उपाय अपनाउन संकल्प गरेको भन्दै मन्त्री अधिकारीले कृषि प्रणालीमा प्रारम्भिक चेतावनी प्रणालीको विकास गरी कार्यान्वयन गर्न मन्त्रालय सक्रियतापूर्वक लागेको जानकारी दिए। 

जलवायु परिवर्तनका असर घटाउन प्रविधि विकास तथा हस्तान्तरण गर्न उनले जोड दिएको इसिमोडले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, असोज १५ २०८११३:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend