शनिबार, असोज ५ गते २०८१    
images
images

एनबीलाई प्राप्ति गर्ने सम्झौताले नबिललाई निरन्तर लिडर बनाउने छ: सीईओ शाह

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस २९ २०७८
images
images
एनबीलाई प्राप्ति गर्ने सम्झौताले नबिललाई निरन्तर लिडर बनाउने छ: सीईओ शाह

शाहले यो सम्झौतासँगै नबिल बैंक बैंकिङ क्षेत्रकै लिडर बन्ने बताए। 

images
images

काठमाडौं- नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्ने सैद्धान्तिक सम्झौतामा हस्ताक्षर भएको छ। 

images
images
images

सम्झौतामा हस्ताक्षर भएसँगै नबिलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाह ले यो सम्झौता ऐतिहासिक कोशेढुंगा भएको बताए। 

शाहले यो सम्झौतासँगै नबिल बैंक बैंकिङ क्षेत्रकै लिडर बन्ने बताए। 

'नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने यो सम्झौता ऐतिहासिक कोशेढुङगा हो। यो संस्थागत साझेदारीले सञ्जाल, ब्यालेन्ससिटको आकार, टिमका सवालमा यसले एउटा ठूलै फड्को मार्ने छ। फेरि पनि बैंकिङ क्षेत्रको लिडर बन्ने छ' उनले भने। 

images

बैंकको पुँजीमात्र होइन, सञ्जाल, वित्तीय पहुँच, काम गर्ने ऊर्जाशील टिमका हिसाबले पनि नबिल निरन्तर अब्बल हुने उनको भनाइ छ। 


प्रकाशित : बिहीबार , पुस २९ २०७८१४:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend