बिहीबार , मंसिर २७ गते २०८१    
images
images

म्याग्देमा ७ करोड लागतको आधारभूत अस्पताल निर्माण अन्तिम चरणमा, कात्तिकभित्र सञ्चालनमा ल्याउने तयारी

images
मंगलबार, असोज १५ २०८१
images
images
म्याग्देमा ७ करोड लागतको आधारभूत अस्पताल निर्माण अन्तिम चरणमा, कात्तिकभित्र सञ्चालनमा ल्याउने तयारी

भवन निर्माणको ठेक्का ऋषि शक्ति/होम निर्माण जेभी कम्पनीले पाएको थियो। उक्त भवन २०८० जेठ १० गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौता थियो।

images
images

तनहुँ- यहाँको म्याग्दे गाउँपालिका-४ थर्पु बजार नजिक निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ।

images
images
images

उक्त अस्पताल आगामी कात्तिक मसान्तभित्र सञ्चालनमा ल्याउने तयारीका साथ रङरोगन भइरहेको गाउँपालिकाले जनाएको छ। विसं २०७८ जेठ २ गतेदेखि निर्माण सुरु भएको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए।

images

उनका अनुसार भवन निर्माणको ठेक्का ऋषि शक्ति/होम निर्माण जेभी कम्पनीले पाएको थियो। उक्त भवन विसं २०८० जेठ १० गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौता थियो।

images

अस्पताल भवन निर्माण गर्न सात करोड ३४ लाख ५० हजार एकसय ९६ रुपैयाँमा ठेक्का लागेको थियो। हरेक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने संघीय सरकारको निर्णय बमोजिम अस्पताल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए।

'मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको स्वास्थ्य हो, स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा म्याग्देवासी समस्यामा छन्', उनले भने, 'अब अस्पताल सञ्चालनमा आएसँगै यो समस्या समाधान हुनेछ।'

अस्पतालमा एक मेडिकल अधिकृत, एक नर्सिङ अधिकृत, चार स्टाफ नर्स, चार ‘हेल्थ असिसटेन्ट’ र दुई फार्मेसीलगायत २३ जनाको दरबन्दी रहने छ। रासस


प्रकाशित : मंगलबार, असोज १५ २०८११२:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend