बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

पूर्वबाट पुन: मौसम बदली सुरु, भोलि र पर्सीसम्मै असर रहने

images
मंगलबार, असोज १५ २०८१
images
पूर्वबाट पुन: मौसम बदली सुरु, भोलि र पर्सीसम्मै असर रहने

तर यसअघिको वर्षाले देशका सबै भूभाग गलेको हुँदा थोरै पानी पर्दा पनि बाढीपहिरोको सम्भावना रहेको जनाइएको छ।

images
images

काठमाडौं- ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ।

images
images
images

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ। 

images
images

मौसमविद् प्रतिभा मानन्धरले भनिन्, 'बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने छ। विशेष गरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छ भने मधेश, बागमती र गण्डकी प्रदेशसम्मै फैलिने छ, सुदुरपश्चिम, कर्णाली र लुम्बिनीमा कम नै छ।'

images
images

यो असर भोलि र पर्सीसम्मै रहने जनाइएको छ। तर ठूलो अनि लगातारको वर्षा भने नहुने उनले बताइन्।

तर यसअघिको वर्षाले देशका सबै भूभाग गलेको हुँदा थोरै पानी पर्दा पनि बाढीपहिरोको सम्भावना रहेको जनाइएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको उनले बताइन्।

आज राति कोशीलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने छ र हल्कादेखि मध्यम वर्षा पनि हुने जनाइएको छ। असोज १६ गते कोशी, मधेश प्रदेश र बागमती र गण्डकी प्रदेशमा बदली भई हल्कादेखि मध्यम वर्षा हुने छ।

असोज १७ गते पनि सोही अवस्था रहेको विभागले जनाएको छ। कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको विभागले सार्वजनिक गरेको बुलेटिनमा जनाइएको छ। रासस


प्रकाशित : मंगलबार, असोज १५ २०८११२:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend