शुक्रबार, असोज १८ गते २०८१    
images
images

सीजी मोटर्सबाट खोसियो ह्वाजी ईभी ब्रान्ड

हाइली एडभान्स्ड मोटर्स बन्यो नयाँ आधिकारिक बिक्रेता

images
मंगलबार, असोज १५ २०८१
images
images
सीजी मोटर्सबाट खोसियो ह्वाजी ईभी ब्रान्ड

सीजी मोटर्सले वार्षिक सयौँको संख्यामा ह्वाजीको कार बिक्री गर्नेगरी कम्पनीसँग सम्झौता गरेको थियो। तर हालसम्म सीजी मोटर्सले एक दर्जन पनि ह्वाजीका कार नेपाल भित्र्याएको तथ्यांक छैन।

images
images

काठमाडौं- करिब दुई वर्षअघि चौधरी समूहअन्तर्गतको सीजी मोटर्सले ह्वाजी ब्रान्डको विद्युतीय कार नेपाल भित्र्याएको थियो। सोही ब्रान्ड हालै सीजी मोटर्सबाट खोसिएको छ। 

images
images
images

सीजी मोटर्सले चीनबाट विभिन्न एक दर्जन विद्युतीय ब्रान्ड भित्र्याएर बिक्री गर्दै आएको छ। विद्युतीय सवारीको बिक्री बढ्दै गएको देखेपछि विद्युतीय कार बिक्रीबाट सीजी मोटर्स अटोमोबाइल व्यवसायमा प्रवेश गरेको थियो। अहिले ब्रान्ड थुपारेको सीजी मोटर्सको पर्फमेन्स न्यून हुन थालेपछि उत्पादक कम्पनीहरूले विकल्प खोज्न थालेका हुन्। 

सीजी मोटर्सलाई नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त गरेको त्यस्तै ब्रान्डमध्येको पहिलो ब्रान्ड ह्वाजी हो। सीजी मोटर्सले वार्षिक सयौँको संख्यामा ह्वाजीको कार बिक्री गर्नेगरी कम्पनीसँग सम्झौता गरेको थियो। तर हालसम्म सीजी मोटर्सले एक दर्जन पनि ह्वाजीका कार नेपाल भित्र्याएको तथ्यांक छैन। 

images

सीजी मोटर्सले चीनको स्टार्टअप ह्वाजी अटोमोबाइलसँग २०२२ को अन्त्यतिर नेपालका लागि आधिकारिक बिक्रेताको सम्झौता गरेको थियो। जियाङसु ह्वाजी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले सीजी मोटर्सको पर्फमेन्स चित्तबुझ्दो नभएको पाएपछि नेपालमा नयाँ आधिकारिक बिक्रेता नियुक्त गरेको हो। 

images

हालैमात्र जियाङसु ह्वाजी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले सीजी मोटर्ससँगको सम्झौता भंग गरेर नयाँ आधिकारिक बिक्रेताको रुपमा हाइली एडभान्स्ड मोटर्स प्रालिलाई नियुक्त गरेको छ। योसँगै अब ह्वाजी ब्रान्डका विद्युतीय कार हाइली एडभान्स्ड मोटर्सले बिक्री गर्ने छ। यसका लागि कम्पनीले आवश्यक तयारी सुरु गरिसकेको छ। 

सीजीले ह्वाजीको सानो ईभी ल्याउने गरी सम्झौता गरेको थियो। ह्वाजी मिनी कार सीजी मोटर्सले ९ हजार ४ सय ३३.४० डलरमा आयात गरेको थियो। यो मिनी कार ४ सिट क्षमताको हो।

उक्त मिनी ईभी १८.४३ किलोवाट आवरको लिभियम आयोन ब्याट्री प्याकमा उपलब्ध छ। कारको ब्याट्रीले एकपटक फुल चार्जमा २ सय किलोमिटरसम्म रेन्ज दिने दाबी कम्पनीले गरेको छ। सीजी मोटर्सले ह्वाजी ब्रान्डमा ल्याएको यही कार हाइली एडभान्स्ड मोटर्सले कावे ब्रान्डमा ल्याउने छ। 

उक्त कारमा २४ किलोवाट क्षमताको मोटर छ। कारको उच्च गति एक सय किलोमिटर प्रतिघण्टासम्म रहेको छ। रेट्रो डिजाइनमा रहेको ह्वाजीको मिनी कारमा दुईवटा राउन्ड क्रिस्टल प्रोजेक्सन हेडलाइट र राउन्ड आकारमै दिइएको डीआरएललाइट उपलब्ध रहेको छ।  

कारको मुख्य विशेषताहरूमा म्युजिक सिस्टम, एयर कन्डिसन डिजिटल इन्स्ट्रुमेन्ट प्यानल र वाईफाई तथा ब्लुटुथ सपोर्ट गर्ने ९ इन्चको सेन्ट्रल कन्ट्रोल सिस्टम रहेको छ। यसमा चार फरक-फरक तरिकाले एड्जस्ट गर्न सकिने ड्राइभर र प्यासेन्जर सिट उपलब्ध रहेको छ। मिनी कार हुँदा पनि ह्वाजीको कारमा १ सय ६० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ। 

हाइली एडभान्स्ड मोटर्स 

हाइली एडभान्स्ड मोटर्स प्रालि अटोमोबाइल व्यवसायमा हालै प्रवेश गरेको कम्पनी हो। अनुभवी अटोमोबाइल व्यवसायीहरूले यो कम्पनी स्थापना गरेर कावे ब्रान्डको विद्युतीय पिकअप र विद्युतीय माइक्रोबस ल्याउन लागेका छन्। 

उक्त ब्रान्ड ल्याउन हाइली एडभान्स्ड मोटर्स आधिकारिक बिक्रेता नियुक्त भएर आयातको प्रक्रिया सुरु भइसकेको छ। कावे अटो ब्रान्डका विद्युतीय पिकअप र माइक्रोबस चीनबाट आउन लागेका हुन्। 

यो कम्पनीले आधिकारिक बिक्रेता नियुक्त भएर विद्युतीय पिकअप तथा माइक्रोबस आयातको प्रक्रिया सुरु गरेको छ। कम्पनीले चीनको जियाङसु ह्वाजी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले उत्पादन गर्ने कावे ब्रान्डका विद्युतीय डबल क्याप पिकअप (मोडल : ह्वाजी के १५० ईभी) र विद्युतीय मिनिबस (१४ र १६ सिट) ल्याउने तय भएको छ। त्यस्तै कम्पनीले अब प्यासेन्जर कारको आयातसमेत सुरु गर्ने छ। 


प्रकाशित : मंगलबार, असोज १५ २०८११६:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend