शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

संकटबीच प्रिमियम कारका लागि स्वर्ण वर्ष, क-कसले बनाए रेकर्ड

images
images
images
संकटबीच प्रिमियम कारका लागि स्वर्ण वर्ष, क-कसले बनाए रेकर्ड

तर कोरोना महामारीको संकटकै बीच विलाशी सवारी निर्माताहरूले भने २०२१ मै ऐतिहासिक बिक्री सफलता हात पारेका हुन्।

images
images

काठमाडौं- कोरोना महामारीका कारण दुई वर्षयता विश्व अटोमोबाइल बजारले लय समाउन सकेको छैन। महामारी सृजित सेमिकन्डक्टर र पार्टस् अभावका कारण २०२१ मा धेरै सवारी कम्पनीहरूले मागअनुसार सवारी पूर्ति गर्न सकेनन्। यसको असर उनीहरूको बिक्रीमा गिरावट आयो। 

images
images
images

संसारभर सवारी बिक्रेता कम्पनीहरूले अपेक्षाकृत बिक्री सफलता हासिल गर्न सकेनन्। तर कोरोना महामारीको संकटबीच विलाशी सवारी निर्माताहरूले भने २०२१ मै ऐतिहासिक बिक्री सफलता हात पारेका हुन्। 

images

विश्वकै विलाशी कार निर्मातामध्येका रोल्स रोयस, ल्याम्बर्गिनीलगायत कम्पनीले आफ्नो सवारी बिक्री इतिहासमै धेरै कार २०२१ मा बेचेको बताएका छन्। त्यस्तै जर्मन कार निर्माता बीएमडब्लूले पनि २०२१ मा सवार्धिक कार बिक्री गरेको हो। 

images

रोल्स रोयस

images
images

विश्वको सबैभन्दा विलाशी कार निर्माता मध्येको एक रोल्स रोयसले २०२१ मा हालसम्मकै धेरै कार बिक्री गर्न सफल भएको छ। बीएमडब्लूको स्वामित्वमा रहेको रोल्स रोयसले २०२१ मा ५ हजार ५ सय ८६ वटा कार बिक्री गरेको हो। यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत धेरै हो। 

कोरोना महामारीकै बीच रोल्स रोयसले आफ्नो १ सय १७ वर्षे इतिहासमा पहिलोपटक वार्षिक बिक्री संख्या हालसम्मकै उच्च कामय गर्न सफल भएको हो। रोल्स रोयसका कार विश्वका ५० भन्दा बढी देशमा बिक्री हुँदै आएको छ। 

विलाशी कारका उपभोक्ता उल्लेख्य रुपमा नबढे पनि भएका उपभोक्तालाई उनीहरूको आवश्यकता पूर्ति गर्नेगरि कार बनाउन सफल भएकाले सो संख्यामा बिक्री हासिल भएको रोल्स रोयसका सीईओ टोर्स्टन मुलरले बताएका हुन्।  

चीन र अमेरिकी क्षेत्रमा रोल्स रोयसका कारको माग २०२१ मा हालसम्मको उच्च रहेको कम्पनीले जनाएको छ। २०२१ मा रोल्स रोयसको साथै बीएमडब्लूका कारको बिक्रीसमेत हालसम्मकै धेरै भएको हो।

ल्याम्बर्गिनी

ल्याम्बर्गिनीले आफ्नो ५९ वर्से इतिहासमा २०२१ मा सर्वाधिक धेरै कार बिक्री गरेको छ। इटालीको विलाशी स्पोर्टस कार निर्माता कम्पनी ल्याम्बर्गिनीले २०२१ मा ८ हजार ४ सय ५ वटा कार बिक्री गरेको हो। यो २०२० को तुलनामा १३ प्रतिशत धेरै भएको कम्पनीले जनाएको छ।

ल्याम्बर्गिनीका कारमध्ये विश्वभर सबैभन्दा धेरै बिक्री हुने मोडलमा उरुस एसयूभी रहेको छ। ल्याम्बर्गिनीको उरुस मात्रै २०२१ मा ५ हजार २१ वटा बिक्री भएको थियो। ल्याम्बर्गिनीको अर्को धेरै बिक्री हुने मोडलमा हुराकान हो। यो कार गत वर्ष २ हजार ५ सय ८६ वटा बिक्री भएको थियो। 

त्यसैगरि ल्याम्बर्गिनीको एभेन्टाडोर भी १२ मोडल २०२१ मा ७ सय ९८ वटा बिकेको थियो। गत वर्ष भारतमा ल्याम्बर्गिनीको उरुस १ सय वटा बिकेको थियो। भारत ल्याम्बर्गिनीको उदीयमान बजारका रुपमा रहेको छ। 

बीएमडब्लू

जर्मन विलाशी कार निर्माता कम्पनी बीएमडब्लूले हालसम्मकै धेरै कार बिक्री गरेको छ। कम्पनीले २०२१ मा २२ लाख कार बिक्री गरेको हो। यो बीएमडब्लू ब्रान्डका कारको मात्र संख्या हो। वार्षिक रुपमा हुने बिक्री संख्यामा यो इतिहासकै सबैभन्दा धेरै भएको कम्पनीले जनाएको छ। 

यसअघि बीएमडब्लूले २०१९ मा धेरै कार बिक्री गरेको थियो। २०२१ विश्वभर सेमिकन्डक्टर अभावका बावजुत बीएमडब्लूले उक्त सफलता हात पारेको हो। 

२०२१ मा बीएमडब्लूले २२ लाख कार बिक्री गरेको हो। यो विश्व प्रिमियम कार बजारमा बीएमडब्लूको अग्र स्थान रहेको कम्पनीले जनाएको छ। बीएमडब्लू ग्रुप अन्तर्गत मिनी र रोल्स रोयस ब्रान्ड पनि छन्। २०२२ मा बीएमडब्लूका साथै मिनी र रोल्स रोयस ब्रान्डले राम्रो प्रगति गर्ने दाबी कम्पनीको छ। 

नेपाली बजारमा रोल्स रोयर र ल्याम्बर्गिनी औपचारिक रुपमा बिक्रीएका छैनन्। तर बीएमडब्लू भने विगत केही वर्ष अघिदेखि नै बिक्री हुँदै आएको थियो। तर दुई वर्षयता लक्ष्मी प्रिमियमले बीएमडब्लू ब्रान्ड औपचारिक रुपमा आधिकारिक बिक्रेता बनेर विभिन्न मोडलका कार उपलब्ध गराउँदै आएको छ। 

images

प्रकाशित : शनिबार, माघ १ २०७८०७:३४

प्रतिक्रिया दिनुहोस