बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

सिन्धुलीलाई रामेछाप र ओखलढुंगासँग जोड्ने पक्की पुल र झोलुङ्‍गे पुलसमेत बगाउँदा विद्यालय जाने बाटै बन्द

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज १५ २०८१
images
सिन्धुलीलाई रामेछाप र ओखलढुंगासँग जोड्ने पक्की पुल र झोलुङ्‍गे पुलसमेत बगाउँदा विद्यालय जाने बाटै बन्द

फिक्कल-४ खाङ्साङबाट चम्पादेवी गाउँपालिका-१ ओखलढुंगा जोड्ने र फिक्कल-६ सुनकोसी गाउँपालिका-१ ओखलढुंगा जोड्ने पुल पूर्ण रुपमा बगाएको हो।

images
images

सिन्धुली- वर्षासँगै सुनकोसी नदीमा आएको बाढीले सिन्धुलीलाई रामेछाप र ओखलढुंगासँग जोड्ने १० वटा पुलमा क्षति पुर्‍याएको छ। गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षासँगै आएको बाढीले दुई पक्की पुल र आठ वटा झोलुङ्गे पुलमा क्षति भएको हो। 

images
images
images

सिन्धुलीकोे सुनकोशी गाउँपालिका-१ खैरनीघाटबाट रामेछापको खाँडादेवी गाउँपालिका-१ लुगी जोड्ने पक्की पुल पूर्ण रुपमा बगाएको सुनकोसी-१ का वडाध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए।

images
images

उनका अनुसार कुशेश्वर दुम्जास्थित खैरनीघाटको पुल रोशी र सुनकोसी नदीमा आएको बाढीले बगाउँदा खाँडादेवी गाउँपालिका, सुनापति गाउँपालिका, दोरम्बा गाउँपालिका र मध्यपहाडी लोकमार्गमा यात्रा गर्ने यात्रीलाई सास्ती भएको छ। 

images
images

खाँडादेवी गाउँपालिकाका उपाध्यक्ष रमा घिसिङले पक्की पुलसँगै सुनकोसी-५ रामटारबाट खाँडादेवी-३ सित्खा जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको बताउँदै सुनकोसीबाट खाँडादेवी जोड्ने बेलघारी झोलुङ्गे पुल र चैनपुरबाट पुछिघाट जोड्ने झोलुङ्गे पुल पूर्ण रुपमा क्षति भएको जानकारी दिइन्। यी पुलमा क्षति हुँदा सिन्धुलीसँगको सम्र्पक टुटेको उनले बताइन्। 

उपाध्यक्ष घिसिङले भनिन्, 'रामेछापलाई सिन्धुलीसँग जोड्ने एउटा पक्की र एउटा झोलुङ्गे पुल बाढीले पूर्ण रुपमा बगाएको छ। दुई वटा झोलुङ्गे पुल आवतजावत गर्न नमिल्ने गरी क्षति भएका छन्।'

यसले खाँडादेवीबाट नियमित सिन्धुली पढ्न जाने ३५ जना विद्यार्थीको पठनपाठन प्रभावित बनेको उनले जानकारी दिइन्। सिन्धुली आउन प्रयोग गर्दै आइएको पुल बाढीले बगाउनुका साथै नदीमा पानीको बहाव ठूलो भएकाले समस्या सिर्जना भएको उनले बताइन्। 

यसैगरी, गोलञ्जोर गाउँपालिका, सिन्धुली र मन्थली गाउँपालिका, रामेछाप जोड्ने दुई वटा पुल बगाएको छ। गोलञ्जोर-७ खुर्कोटस्थित एउटा पक्की र एउटा झोलुङ्गे पुल सुनकोसीमा आएको बाढीले बगाएको हो।

मन्थलीतर्फ पक्की पुलको एउटा स्पान बगाएको र सोही पुल नजिकै रहेको झोलुङ्गे पुल पूर्ण रुपमा बगाउँदा रामेछाप, दोलखा, ओखलढुंगा, सोलुखुम्बुसँगको सम्पर्क टुटेको गोलञ्जोर गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए।  

बाढीले पुल बगाउँदा रामेछापबाट आउने तरकारी तथा फलफूल ल्याउन नसकिँदा खुर्कोट बजार क्षेत्रमा ताजा तरकारीको अभाव भएको होटल व्यवसायी मनोजकुमार श्रेष्ठले बताए। जताततै सडक अवरुद्ध हुँदा होटल व्यवसाय ठप्प भएका उनको गुनासो थियो। 

फिक्कल गाउँपालिका, सिन्धुलीअन्तर्गत रहेका दुई वटा झोलुङ्गे पुल पूर्ण रुपमा बगाएको छभने तीन वटा झोलुङ्गे पुलमा क्षति पुगेको गाउँपालिका उपाध्यक्ष राज बरालले जानकारी दिए। उनका अनुसार फिक्कल-४ खाङ्साङबाट चम्पादेवी गाउँपालिका-१ ओखलढुंगा जोड्ने र फिक्कल-६ सुनकोसी गाउँपालिका-१ ओखलढुंगा जोड्ने पुल पूर्ण रुपमा बगाएको हो। 

फिक्कल-४ सुनकोसी-२ जोड्ने, फिक्कल-५ सुनकोसी-१ जोड्ने र फिक्कल-५ सुनकोसी-२ जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेको उपाध्यक्ष बरालले जानकारी दिए। आवागमनको धेरै चाप हुने पुल बाढीले बढाउँदा दैनिक उपभाग्य वस्तु ओसारपसार तथा आवातजावत गर्ने यात्रुलाई समस्या परेको उनको भनाइ छ। पुल बगाउँदा सवारीसाधन सञ्चालन हुन नसकेका उनले जानकारी दिए।

सिन्धुली हुँदै रामेछाप, ओखलढुंगालगायत जिल्लामा दैनिक उपभोग्य सामान लैजाने कठिन भएको छ। बाढीपहिरोले बगाएका तथा क्षति गरेका संरचना जतिसक्दो चाँडो पुनःनिर्माण गरिदिन सुनकोसी गाउँपालिका-१ गोइरीकी कृष्णमाया तोलङ्गे तीनै तहका सरकारसँग आग्रह गरिन्।

'तीन दिन परेको पानीसँगै आएको बाढीपहिरोले कतै पुल तथा सडक बगाएको, कतै सडक भासिएको छ', उनले भनिन्, 'तीनै तहका सरकार र सरोकार भएकाले यथाशीघ्र क्षति भएका संरचनाको मर्मत गर्नुका साथै बाढीपहिरो पीडितलाई राहत तथा उद्धारको काममा अग्रुरता दिनुपर्छ।'

बाढीपहिरोले बगाएका तथा क्षति गरेका पुल र भत्किएका सडक पुनःनिर्माण गरेर सञ्चालनमा आए दुःखजिलो जीवन निर्वाह गर्न सकिने तोलङ्गेले बताइन्। विपद्को समयमा सबै एकजुट भएर सहकार्य र समन्वय गरी प्रभावित नागरिक र क्षेत्रका पक्षमा काम गर्नुपर्नेमा उनले जोड दिइन्। रासस


प्रकाशित : मंगलबार, असोज १५ २०८११०:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend