मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

आफ्नो उत्पादनको बौद्धिक सम्पत्तिको अधिकार लिने चाहना छ? यसरी लिनुहोस् सरकारी सहायता

images
शुक्रबार, पुस ३० २०७८
images
images
आफ्नो उत्पादनको बौद्धिक सम्पत्तिको अधिकार लिने चाहना छ? यसरी लिनुहोस् सरकारी सहायता

सरकारले एकैपटक नियमन तथा कारबाही भन्दा पनि पहिले सचेतना तथा सहयोग गर्ने त्यसपछिमात्र नियमनलाई कडा बनाउने नीति लिएको छ। 

images
images

काठमाडौं- के तपाईंंले लघु, साना तथा मझौला उद्योग चलाइरहनुभएको छ? यस्तै उद्योग तथा व्यवसायबाट तपाईंले उत्पादन गरेको वस्तु, सेवा वा सिर्जनामाथि बौद्धिक सम्पत्तिको अधिकार सुरक्षित होस् भन्ने चाहनुहुन्छ? यदि यस्तो चाहना भएको तर लागत, प्रक्रिया तथा अन्य अवरोधले हच्किँदै आउनुभएको छ भने सरकारले अवसर दिएको छ। 

images
images

सरकारले लघु, साना तथा मझौला उद्योगको बौद्धिक सम्पत्तिमाथिको अधिकार सुरक्षित गर्न का लागि सहयोग गर्ने कार्यक्रम ल्याएको छ। चालु वर्षको वार्षिक कार्यक्रममा सरकारले ल्याएको 'एमएसएमईका उत्पादनहरूको बौद्धिक सम्पत्तिमा पहुँच र दर्तामा सहयोग' कार्यक्रम मार्फत सहयोग गर्ने भएको छ। 

images
images

यस्तो सहयोग लिन चाहनेहरूले आर्थिक तथा प्राविधिक सहयोग पाउने छन्। सरकारले उनीहरूलाई बौद्धिक सम्पत्ति माथिको अधिकार पाउनका लागि पुर्‍याउनुपर्ने प्रक्रिया, विधिका बारेमा सरकरले नै सहयोग गर्ने छ। 

images
images
images

यस्तो सहयोग लिन चाहनेहरूले पुस २७ गतेका मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने छ। आवेदन दिएका मध्येबाट सरकारले यो वर्ष २० वटालाई सहयोग गर्ने छ। 

मन्त्रालयको इमेल [email protected] मा आवेदन पठाउन सक्ने छन्। 

नेपालका लघु, घरेलु तथा साना उद्योगीहरूमाझ बौद्धिक सम्पत्तिमाथिको पहुँचमात्र होइन सचेतना पनि छैन। बौद्धिक सम्पत्तिको चोरी तथा दुरुपयोग हुँदै आएको छ। यसबारेमा नियमन भने फितलो रहेको छ। 

सरकारले एकैपटक नियमन तथा कारबाही भन्दा पनि पहिले सचेतना तथा सहयोग गर्ने त्यसपछिमात्र नियमनलाई कडा बनाउने नीति लिएको छ। 


प्रकाशित : शुक्रबार, पुस ३० २०७८०६:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend