बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

दाउन्नेमा भासिएको सडकको एकतर्फी खुल्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज १५ २०८१
images
दाउन्नेमा भासिएको सडकको एकतर्फी खुल्यो

सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका सम्पूर्ण टोली उक्त स्थानमा पुगेर मर्मत सुरु गरेको जनाइएको छ।

images
images

नवलपरासी- पश्चिम नवलपरासीको दाउन्नेमा भासिएको सडक एकतर्फी खुलेको छ।

images
images
images

सडक मर्मत गरेर आज बिहान ९ बजेदेखि यातायात एकतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए। सडक मर्मतलाई निन्तरता दिई आज नै दुईतर्फी सञ्चालन गर्ने तयारी रहेको उनले बताए।

images
images

सडक अवरुद्ध भएर यात्री अलपत्र परेपछि गएराति ११ बजेदेखि नै सडक मर्मतको काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताए।

images
images

सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका सम्पूर्ण टोली उक्त स्थानमा पुगेर मर्मत सुरु गरेको जनाइएको छ।  

अविरल वर्षाका कारण बर्दघाट नगरपालिका-४ खुर्सानी खोलास्थित दाउन्ने जङ्गलमा पूर्वपश्चिम मुख्य राजमार्ग नै भासिएको छ। सोमबार साँझ सडक भासिएपछि उक्त बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो। रासस


प्रकाशित : मंगलबार, असोज १५ २०८१०९:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend