आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

बाढीपहिरो र डुबान : २ सय १७ जनाको मृत्यु, २८ जना वेपत्ता

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज १५ २०८१
images
images
बाढीपहिरो र डुबान : २ सय १७ जनाको मृत्यु, २८ जना वेपत्ता

बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ।

images
images

काठमाडौं- केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २८ जना बेपत्ता छन्।

images
images

प्राकृतिक विपद्मा १ सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए।

images
images

बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ।

images
images
images

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए।


प्रकाशित : मंगलबार, असोज १५ २०८१०९:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend