शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जरमा आज वारपार, सञ्चयकोषको सर्तले भाँडिने खतरा

images
शुक्रबार, पुस ३० २०७८
images
हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जरमा आज वारपार, सञ्चयकोषको सर्तले भाँडिने खतरा
images
images

काठमाडौं- हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जको निर्णयको आज (शुक्रबार) निचोड निस्कने भएको छ। हिमालयन बैंकको साधारणसभा शुक्रबार हुँदै छ। 

images
images
images

दश महिनादेखि प्रक्रिया सुरु भए पनि विवादका कारण सहमति कार्यन्वयनमा जान सकेको छैन। नेपाल राष्ट्र बैंकको मर्जर पोलिसीअनुसार नै उस्तै प्रकृतिका दुई ठूला बैंक मर्जमा जान तयार भएका थिए। 

images
images

पछिल्लो समय हिमालयन बैंकमा रहेको कर्मचारी सञ्चय कोषको सेयर विवादले मर्जरलाई गम्भीर मोडमा पुर्‍याएको छ। सञ्चयकोष र केही अन्य सेयर होल्डहरुले पनि मर्जको विषयलाई लिएर विवाद उत्पन्न गराएका छन्। कर्मचारी संचय कोषले पुनः सम्पती दायित्व मूल्यांकन (डीडीए) को माग गरेपछि मर्जरमा संसय उत्पन्न भएको छ।

images
images

सञ्चयकोष र अन्य सञ्चालकहरुको माग सम्बोधन नभएसम्म शुक्रबार हुने साधारणसभाबाट नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने सम्झाैतकाे अनुमाेदन नहुने खतरा छ। 

हिमालयन बैंकमा झन्डै १५ प्रतिशत सेयर हिस्सा भएको कर्मचारी संचय कोषले पुनः डीडीएको माग अगाडि सारेको छ। डीडीएको माग तत्काल पूरा हुन नसक्ने भएपछि मर्जर चाहने हिमालयन बैंकको एक समूह समस्यामा परेको छ। जसले अर्थ मन्त्रालयमार्फत सञ्चयकोषलाई दबाबसमेत दिएका थिए। तर सञ्चयकोषले मान्य नहुने जनाउ दिइसकेको छ। 

सञ्चयकोष आफ्नो निर्णयबाट पछि नहट्ने संकेत दिएको छ। सञ्चयकोषले ११ महिनाअगाडि भएको डीडीएको आधारमा तय भएको स्वाप रेसियो विभेदकारी भएको मान्न नसकिने पत्र हिमालयन बैंकलाई पठाएको छ। 

कोषले पत्रमा नेपाल इन्भेष्टमेन्टसँगको स्वाप अनुपात १००ः७८ अर्थात नेपाल इन्भेष्टमेन्टको प्रतिकित्ता ७८ रुपैयाँ हुँदा हिमालयन बैंकको प्रतिकित्ता १०० रुपैयाँ हुनुपर्ने सर्तसमेत राखेको छ। दुई बैंकले मर्जको लागि १ः१ स्वाप रेसियोमा सम्झौता गरेका थिए। पत्रमा विज्ञ सहितको टोलिले गरेको हिसाबमा त्यस्तो रेसियो आएको समेत जनाउ दिएको छ। सञ्चयकोषले मर्जमा ५ सर्त अगाडि सारेको छ। उक्त सर्त नमिलेसम्म मर्ज हुन नसक्ने ठोकुवा समेत गरेको छ।

संचय कोषले दुवै बैंकको मर्जर कमिटि, बैंकको संचालक समिति, नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयमा पत्र पठाएको छ। बैंकमा संचय कोषको १४.८५ प्रतिशत सेयर हिस्सा रहेको छ।  

नेपाल इन्भेष्टमेन्ट बैंकले प्रिमियममा जारी गरेको एफपीओमा लाग्ने अधिकतम आयकर र त्यसमा लाग्ने जरिवानासमेत नतिरेको कोषको पत्रमा उल्लेख गरेको छ। कोषका अनुसार २०७८ असारसम्म इन्भेष्टमेन्ट बैंकको उक्त दायित्व ३ अर्ब ४१ करोड ५० लाख पुगेको दाबी समेत गरेको छ।

कोषले मर्जर अगाडि करको विषय समाधान हुनुपर्ने मागसमेत गरेको छ। संचयकोष उच्च स्रोतका अनुसार उक्त करको हिसाब मिलान नहुँदै मर्ज हुँदा कालन्तरमा अन्य सेयरधनी समेत समस्यामा पर्ने निष्कर्ष कोषको विज्ञ टोलीले निकालेको छ। महालेखाले उक्त कर उठाउन ताकेता गरेको छ भने कर नउठेको कारणले बेरुजुमा समेत राखेको छ। 

१० महिनादेखि दुवै बैंकका लाखौँ सेयरधनीका २८ करोड कित्ता कारोबार रोकिएको छ। यसको नाफा घाटाको दुवै बैंकका नेतृत्वमा बस्नेहरूको आँकलन गरेको भए पनि क्षतिपूर्ति गर्न सक्दैनन्।

१० महिनादेखि दुई बैंकको झन्डै २८ करोड कित्ता कारोबार महिनौँदेखि रोक्का छ। दुई बैंकको मर्जपछि नेप्सेमा एचएनआईबी नामबाट कारोबार हुने छ। हिमालयनको १० करोड ६८ लाख ४४ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत छ। भने १० अर्ब ६८ करोड रुपैयाँ चुक्ता पुँजी समेत बैंकको रहेको छ।

नेपाल इन्भेष्टमेन्ट बैंकको १६ करोड २५ लाख कित्ता नेप्सेमा सूचीकृत रहेको छ। बैंकको चुक्ता पुँजी १६ अर्ब २५ करोड रुपैयाँ रहेको छ। दुई बैंक मर्ज भएपछि सबैभन्दा ठूलो बैंकको रुपमा कारोबार गर्ने छ। मर्जपछि बैंकको चुक्ता पुँजी २८ अर्ब हुनेछ। 


प्रकाशित : शुक्रबार, पुस ३० २०७८०२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend