आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

विराटनगरमा खानेपानीको पाइपलाइन विस्तार परीक्षण सुरु

images
सोमबार, असोज १४ २०८१
images
images
विराटनगरमा खानेपानीको पाइपलाइन विस्तार परीक्षण सुरु

जापान सरकार (जाइका)को आर्थिक अनुदान सहयोगमा विराटनगरमा बृहत्तर खानेपानी परियोजना सञ्चालन हुँदैछ। उक्त परियोजनाको लागत दुई अर्ब ५४ करोड रूपैयाँ छ।

images
images

विराटनगर- विराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर-८ बाट पाइपलाइन विस्तार परीक्षण सुरु गरिएको छ।

images
images

जापान सरकार (जाइका)को आर्थिक अनुदान सहयोगमा विराटनगरमा बृहत्तर खानेपानी परियोजना सञ्चालन हुँदैछ। उक्त परियोजनाको लागत दुई अर्ब ५४ करोड रूपैयाँ छ।

images
images

परियोजनाका इन्जिनियर अरविन्द कर्णका अनुसार परीक्षणका क्रममा दुई-तीन वटा पाइप बिछ्याएर पुरिनेछ। त्यसपछि आवतजावतमा समस्या हुने नहुने, पाइपको सुरक्षाको अवस्थालगायत तोकिएको मापदण्ड हेरिनेछ। सबै परीक्षण पूरा गरेपछि औपचारिक रुपमा पाइपलाइन विस्तार गरिने कर्णले जानकारी दिए।

images
images
images

जाइकाको खानेपानी परियोजना छिटो सम्पत्र गरी शुद्ध खानेपानी प्रयोग गर्न वडावासी आतुर रहेको वडा नं ८ का वडाध्यक्ष राम पोखरेलले बताए। महानगर प्रमुख नागेश कोइरालाले विराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता छिट्टै पूरा हुने बताए।

विराटनगरमा खानेपानी संस्थान अन्तर्गतका संरचनाको सुधार गर्ने, खानेपानीका ‘ओभरहेड’ ट्यांकी, पाइपलाइन र फिल्टरहरू थप गर्ने योजनाअनुसार खानेपानी सुधार आयोजना सञ्चालनमा ल्याइने जनाइएको छ।

उक्त आयोजना सन् २०२६ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। खानेपानी आयोजनाले एक लाखभन्दा बढी महानगरवासी लाभान्वित हुनेछन्। रासस


प्रकाशित : सोमबार, असोज १४ २०८११८:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend