बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

जीडीएस कम्पनीहरूको करछलीका विषयमा अनुसन्धान हुँदै

images
मंगलबार, असोज १५ २०८१
images
images
जीडीएस कम्पनीहरूको करछलीका विषयमा अनुसन्धान हुँदै

नेपालबाट हुने टिकेटिङको आम्दानी यहाँ लेखांकन नै नगरी विदेशमा देखाउने गरेर खुलमखुला करछली गरेको पाइएको हो। कुनै पनि निश्चित मुलुकमा हुने व्यापारको आम्दानी सोही मुलुकमा देखाएर कर तिर्नुपर्नेमा यो नियमको खुला उल्लंघन गरिरहेका छन्।

images
images

काठमाडौं- एयरलाइन्स, होटलदेखि क्रुजसीपसम्म बुकिङ व्यवस्थापनको एकीकृत व्यवस्थापन गर्ने जीडीएस (ग्लोबल डिस्ट्रिब्युसन सिस्टम) सेवा सञ्चालन गर्ने कम्पनीहरूले नेपालमा करछली गरिरहेको विषयमा सरकारले अनुसन्धान अघि बढाएको छ। 

images
images

वर्षौँदेखि नेपालमा सेवा दिइरहेका कम्पनीले आय विवरण पनि नुबझाउने तर बजारीकरणमात्र गर्ने गरिरहेको विषयमा आन्तरिक राजस्व विभागले थप अनुसन्धान अघि बढाएको हो। विभागले जीडीएस कम्पनी र यस्तै प्रकृतिका अन्य सेवा व्यापार गरिरहेका कम्पनीमाथि एकसाथ अनुसन्धान अघि बढाएको हो। 

images
images

प्रविधिको कारणले नेपालमा अर्थपूर्ण उपस्थितिबिनै व्यापार गरिरहेका कतिपय केस पाइएकाले त्यसमा अनुसन्धान अघि बढाइएको आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले जानकारी दिए। 

images
images

‘पछिल्लो समय केही नयाँ प्रकृतिका कारोबार करको दायराभन्दा बाहिर रहेको बुझिन आएको छ, त्यसमाथि यी विषयलाई समेत जोडेर अनुसन्धान अघि बढेको छ’ उनले भने। 

नेपालमा उडान गर्ने स्वदेशी तथा विदेशी एयरलाइन्सको टिकेटिङको व्यवस्‍थापन गर्ने जीडीएस कम्पनीले नेपालबाट हुने आम्दानी विदेशमा देखाएर वर्षौँदेखि करछली गर्दै आएको पाइएको हो।

कुनै पनि एयरलाइन्सलाई आफ्नो सिस्टम उपलब्ध गराएबापत शुल्क लिने यस्ता कम्पनीले नेपालबाट हुने टिकेटिङको आम्दानी यहाँ लेखांकन नै नगरी विदेशमा देखाउने गरेर खुलमखुला करछली गरेको पाइएको हो। कुनै पनि निश्चित मुलुकमा हुने व्यापारको आम्दानी सोही मुलुकमा देखाएर कर तिर्नुपर्नेमा यो नियमको खुला उल्लंघन गरिरहेका छन्। 

नेपालमा वर्षौँदेखि तीनवटा कम्पनीले सेवा दिइरहेका छन्। नेपालमा ग्यालेलियो नेपाल, एमेडस नेपाल नामबाट दर्ता भएर बजारीकरण गर्ने उद्देश्यले सञ्चालनमा छन् भने सेबरको भने अनुपमा डिस्ट्रिब्युसनले एजेन्सी लिएको छ।

एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्दा कुन एयरलाइन्सको टिकटको दर कति छ र उपलब्ध छ कि छैन भनेर एकै ठाउँमा थाहा दिने प्रणाली हो जीडीएस। एयरलाइन्सको उत्पादन यात्रा भएकाले त्यसको टिकटको भर्चुअल गोदामको काम यो प्रणालीले गर्छ।

यस्तो गोदाममा भण्डारण गरेबापत एयरलाइन्सबाट जीडीएस सञ्चालकले निश्चित सेवाशुल्क लिन्छन्। त्यसबाहेक प्रत्येक टिकट बिक्रीबापत पनि सेगमेन्टअनुसार उनीहरूले शुल्क लिन्छन्। 

एयरलाइन्सले बिक्री गर्ने टिकटको कुल मूल्यमा यस्तो जीडीएसले लिने चार्जसमेत जोडिन्छ। तर यसको व्यापार फरक हुन्छ। 

(कसरी भइरहेको छ करछली? - नेपालबाट हुने व्यापारको आम्दानी लुकाएर वर्षौँदेखि करछली गर्दै ‘जीडीएस’ कम्पनी नेपालबाट हुने व्यापारको आम्दानी लुकाएर वर्षौँदेखि करछली गर्दै ‘जीडीएस’ कम्पनी)

यस्तो जीडीएस सञ्चालकहरूले एयरलाइन्सको टिकेटिङ व्यवस्थापनबाट आम्दानी गर्छन्। जुन देशमा टिकटको कारोबार हुन्छ त्यही देशबाट उनीहरूले आम्दानी गर्छन्। नेपालमा जीडीएस सेवा दिने तीनवटा कम्पनी छन्। संसारभर प्रभाव रहेका मुख्य तीन कम्पनी नेपालमा छन्। 

एयरलाइन, होटल, क्रुजलगायतका बुकिङको प्रणाली उपलब्ध गराउने यी कम्पनीले नेपालमा विशेषगरी एयरलाइनबाट आम्दानी गर्दै आएका छन्। यी तीनमध्ये एउटा कम्पनीमात्र नेपालीले एजेन्सी लिएर नेपालमा सञ्चालन भइरहेको छ। ग्यालेलियो बेलायती कम्पनी ट्राभलपोर्टको स्वामित्वमा छ भने अमेडस स्पेनिस कम्पनी हो। सेबर भने अमेरिकी कम्पनी हो। 

एमेडसको नेपालको सबै जिम्मा भारतीय बर्ड्स समूहले लिएको छ। नेपालको जीडीएसको सबै काम बर्ड्स ट्राभलले नै हेर्दै आएको छ भने ग्यालिलियोको जिम्मा बंगाली समूह एमजीएचले पाएको छ। 

सेबरको भने नेपालकै कम्पनी अनुपमा डिस्ट्रिब्युसले पाएको छ। यसको सञ्चालकमा अनुपमा बुढाथोकी छिन् भने नेपाल एयरलाइन्सकै केही अवकाशप्राप्त अधिकारीहरू पनि यसमा सहभागी छन्। 


प्रकाशित : मंगलबार, असोज १५ २०८११०:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend