बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

प्रस्तावित प्रधानन्यायाधीश राउतको संसदीय सुनुवाइ बुधबार

images
सोमबार, असोज १४ २०८१
images
प्रस्तावित प्रधानन्यायाधीश राउतको संसदीय सुनुवाइ बुधबार

समितिले सर्वाेच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेका सम्बन्धमा उजुरी आह्वान गर्ने निर्णय पनि गरेको छ।

images
images

काठमाडौं- संघीय संसद् संसदीय सुनुवाइ समितिले सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतको आगामी बुधबार संसदीय सुनुवाइ गर्ने भएको छ।

images
images
images

समितिको आजको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित राउतका सम्बन्धमा उजुरीकर्ताहरूसँग भोलि छलफल गर्ने निर्णय गरेको हो। उनीविरुद्ध ६ वटा उजुरी परेका छन्। गत भदौ ३१ गतेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो।

images
images

समितिले बेल्जियम र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूतद्वय सेवा लम्साल र चित्रलेखा यादवविरुद्धका उजुरीकर्तासँग पनि भोलि नै छलफल गर्दैछ। उनीहरूविरुद्ध दुईवटा उजुरी परेका छन्।

images
images

समितिको यही असोज ३ गतेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश राउतसँगै बेल्जियम र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी माग गर्ने निर्णय गरेको थियो। समितिले आज उजुरी खोलेर समितिका सदस्यहरूलाई अध्ययनका लागि वितरण गरेको छ।

बैठकमा प्रस्तावित प्रधानन्यायाधीश राउत र प्रस्तावित राजदूत यादवको कार्ययोजनासमेत अध्ययनका लागि सदस्यहरूलाई उपलब्ध गराएको छ। बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालको भने कार्ययोजना प्राप्त हुन बाँकी छ।

यस्तै, समितिले सर्वाेच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय पनि गरेको छ।

न्याय परिषद्ले निरौला र पाण्डेलाई गत शुक्रबार सर्वोच्च अदालतको न्यायाधीशमा नाम सिफारिस गर्दै संसदीय सुनुवाइका लागि समितिसमक्ष सूचना पठाएको थियो। रासस


प्रकाशित : सोमबार, असोज १४ २०८११६:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend