सोमबार, चैत ११ गते २०८१    
सोमबार, चैत ११ २०८१
images
images

बाढीले बल्खु तरकारी बजारमा तीन करोडको क्षति

images
सोमबार, असोज १४ २०८१
images
images
बाढीले बल्खु तरकारी बजारमा तीन करोडको क्षति

अविरल वर्षापछि आएको बाढीले बजार क्षेत्र अस्तव्यस्त छ। बजारमा अझै हिलो पन्छ्याउने कार्य जारी छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित फलफूल तथा तरकारी बजारमा केही दिनअघिको वर्षाका कारण तीन करोड रूपैयाँ बराबरको क्षति भएको छ।

images
images

पन्ध्र रोपनी क्षेत्रफलमा फैलिएको बजार सूर्यकमल प्रालिले सञ्चालन गर्दै आएको यो बजार बागमती र बल्खु खोलाको प्रभाव क्षेत्रमा पर्छ। बजारमा करिब पाँचसय थोक तरकारी तथा कृषि सामग्री बिक्री कक्ष रहेको प्रालिका लेखापाल रेशव जोशीले जानकारी दिए।

images
images

अविरल वर्षापछि आएको बाढीले बजार क्षेत्र अस्तव्यस्त छ। बजारमा अझै हिलो पन्छ्याउने कार्य जारी छ।

images
images

चार वर्षदेखि यहाँ थोक पसल चलाइरहेका गोपाल कटुवालले दसैँका लागि २० लाख रूपैयाँको सामान राखेकामा बाढीले सबै नष्ट गरेको बताए। बचेको केही सामान जम्मा गरेर हिलो पखालिरहेको उनले सुनाए। रासस


प्रकाशित : सोमबार, असोज १४ २०८११६:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend