बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले बाढीपीडितलाई एक करोड ११ लाख रूपैयाँ सहयोग गर्ने

images
सोमबार, असोज १४ २०८१
images
भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले बाढीपीडितलाई एक करोड ११ लाख रूपैयाँ सहयोग गर्ने

गुरुङले यसअघि डा. भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल निर्माणका लागि ४१ करोड रुपैयाँ बराबरको सहयोग गरेका छन्।

images
images

काठमाडौं- भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढीपीडितका लागि एक करोड रूपैयाँभन्दा बढी रकम सहयोग गर्ने घोषणा गरेका छन्।

images
images
images

अध्यक्ष गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत पछिल्लो अविरल वर्षाले निम्त्याएको बाढीपहिरोले प्रभावित बनेकाहरुको उद्धार र राहतका लागि सरकारी राहत कोषमा एक करोड ११ लाख ११ हजार १ सय ११ रूपैयाँ सहयोग गर्न लागेका हुन्।

images
images

बिहीबारदेखि परेको अविरल वर्षापछि देशभर जनधनको ठूलो क्षति भएको छ। अर्बौँ रूपैयाँको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व पनि भएको अध्यक्ष गुरुङले बताए।

images
images

भाटभटेनीका सीओओ पानु पौडेलले घोषणा गरिएको रकम सरकारलाई हस्तान्तरण गरिने जानकारी दिए।

गुरुङले यसअघि डा. भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल निर्माणका लागि ४१ करोड रुपैयाँ बराबरको सहयोग गरेका छन्। उक्त अस्पताल अहिले निर्माणाधीन अवस्थामा छ।

अघिल्लो वर्ष जाजरकोटमा गएको भूकम्पपछि उनीहरुको उद्धार र राहतका लागि गुरुङले एक करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका थिए। त्यसबाहेक ८० लाख रुपैयाँबराबरको खाद्यान्न उक्त क्षेत्रमा पठाएका थिए।

कोभिडका बेला पनि संघीय सरकारसहित सातै प्रदेशमा उनले सहयोग हस्तान्तरण गरेका थिए।

त्यसअघि २०६८ सालमा त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका थिए। ११ करोड लागतमा इमर्जेन्सी भवन बनाइदिएका थिए भने ईएचएस भवन १५ करोड लागतमा तयार पारिदिएका हुन्।


प्रकाशित : सोमबार, असोज १४ २०८११४:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend