बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व चुहावट

images
सोमबार, असोज १४ २०८१
images
छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व चुहावट

आफ्नै भवन रहेका नरैनापुर, खडैचा र साइगाउँ छोटी भन्सारका भवनसमेत भत्किएर भग्नावशेष अवस्थामा पुगेका छन्।

images
images

राँझा- बाँकेमा द्वन्द्वकालमा विस्थापित भएका छोटी भन्सार हालसम्म पनि पुनःस्थापना नहुँदा राजस्व चुहावट हुने गरेको छ।

images
images
images

नरैनापुर, डुडुवा र जानकी गाउँपालिकासँग सीमा जोडिएका भारतीय नाकामा अवस्थित सात छोटी भन्सार कार्यालय बन्द भएपछि सहजै चोरी-पैठारी हुने गरेको छ।

images
images

आफ्नै भवन रहेका नरैनापुर, खडैचा र साइगाउँ छोटी भन्सारका भवनसमेत भत्किएर भग्नावशेष अवस्थामा पुगेका छन्।

images
images

सीमावर्ती भारतीय बजार अलिगवासँग जोडिएको कटकुइँयाको सुइया बघौडा, कालाफाँटासँग जोडिएको नरैनापुर, जमुनाहसँग जोडिएको भगवानपुर, पिप्रहवासँग जोडिएको होलियाको खडैचा, निमियासँग जोडिएको हिरमिनियाको भङ्घोटन र रंजितवा बजारसँग जोडिएको साइगाउँ तथा उढरापुर गरी सात छोटी भन्सार रहेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए।

उनका अनुसार नेपालगञ्ज भन्सार कार्यालयबाट दुरीका हिसाबले ६० किलोमिटर टाढा सुइया बघौडा, नरैनापुर ५० किलोमिटर, भगवानपुर ४० किलोमिटर, खडैचा ४० किलोमिटर, भङ्घोटना चार किलोमिटर, साइगाउँ तीन किलोमिटर र पश्चिम साइगाउँमा रहेको उढरापुर छोटी भन्सार कार्यालय पाँच किलोमिटर दुरीमा पर्दछन्।

छोटी भन्सार कार्यालय नभएपछि सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलले चोरी-पैठारी नियन्त्रणको काम गर्दै आएको छ। छोटी भन्सार सञ्चालन नभएको अवस्थामा पनि नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा करिब तीन अर्ब रूपैयाँ राजस्व असुली गरेको छ।

चालु आर्थिक वर्ष २०८१/८२ को साउन र भदौमा दुई अर्ब ९९ करोड ४३ लाख ५४ हजार रूपैयाँ राजस्व असुली भएको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी लम्सालले बताए।

भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा एक अर्ब ५० करोड ३० लाख ३४ हजार रूपैयाँ र भदौमा एक अर्ब ४९ करोड पाँच लाख २० हजार रूपैयाँ राजस्व असुली गरेको हो।

नेपालगञ्ज भन्सारलाई हरेक महिनामा दुई अर्ब रूपैयाँभन्दा बढी राजस्व असुली गर्ने लक्ष्य दिए पनि गत दुई महिनाको तथ्यांकअनुसार हरेक महिनामा लक्ष्यभन्दा करिब ३० देखि ३५ प्रतिशत कम मात्र राजस्व असुली भएको सूचना अधिकारी लम्सालले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, असोज १४ २०८११३:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend