बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

मधेस प्रदेशमा बाढीबाट ६ जनाको मृत्यु, ५६ लाखको क्षति

images
सोमबार, असोज १४ २०८१
images
मधेस प्रदेशमा बाढीबाट ६ जनाको मृत्यु, ५६ लाखको क्षति

बेपत्ता हुनेमा सर्लाही र पर्साका एक एकजना रहेका छन्। मधेसका आठ जिल्लामा बाढीबाट ५६ लाख रूपैयाँको क्षति भएको छ।

images
images

जनकपुरधाम- मधेस प्रदेशमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। मृत्यु हुनेमा एक बालिकासमेत रहेकी छिन्। मृत्यु हुनेमा महोत्तरी र रौतहटका दुई-दुई तथा सप्तरी र सर्लाहीका एक एकजना रहेका छन्।

images
images
images

बाढीले बगाउँदा दुईजना बेपत्ता छन् भने आठजना घाइते भएका मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिए। बेपत्ता हुनेमा सर्लाही र पर्साका एक एकजना रहेका छन्। मधेसका आठ जिल्लामा बाढीबाट ५६ लाख रूपैयाँको क्षति भएको छ।

images
images

बाढीबाट नौ पशुचौपाया समेत मरेका छन्। मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका-८ का १६ वर्षीय रोहित साह र बर्दीवास नगरपालिका-११ का २१ वर्षीय  मानबहादुर थिङ, सप्तरीको बलान बिहुल गाउँपालिका-४ घर भइ हाल राजविराज नगरपालिका-८ मा बस्दैआएका आठ वर्षीय प्रिन्सकुमार साह, रौतहटको दुर्गाभगवती गाउँपालिका-४ का ३७ वर्षीय राजकुमार मुखिया र पर्रोहा नगरपालिका-७ की १४ वर्षीया आशाकुमारी साह तथा सर्लाहीको बलरा नगरपालिका-३  लक्ष्मीपुरका  १२ वर्षीय अंकित ठाकुर रहेका छन्।

images
images

यसैगरी सर्लाहीको बागमती नगरपालिका-९ का १५ वर्षीय मुकेश महतो सोती खोलाले बगाउँदा बेपत्ता भएका छन्। पर्सामा एक बालिका बेपत्ता भएकी छिन्। आठ जिल्लामध्ये रौतहटमा तीन, सिरहामा एक, सर्लाहीमा एक तथा बारामा तीनजना घाइते भएका प्रहरी उपरीक्षक बोहोराले जानकारी दिए।

बाढीबाट ९६ परिवारका चारसय ८८ जना विस्थापित भएका छन्। बाढीमा फसेका ३५ जनालाई उद्धार गरिएको छ। आजदेखि प्रदेशको जनजीवन सामान्य हुँदै गएको छ। रासस 


प्रकाशित : सोमबार, असोज १४ २०८११३:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend