बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

विपदको कहर : ललितपुरको बिजुली नियमित गर्न जनशक्ति परिचालन

images
सोमबार, असोज १४ २०८१
images
विपदको कहर : ललितपुरको बिजुली नियमित गर्न जनशक्ति परिचालन

यस्तै, प्राधिकरणले बाढीका कारण क्षति भएका ठूला प्रसारण लाइनको समेत मर्मतसम्भारको प्रक्रिया अगाडि बढाएको छ।

images
images

काठमाडौं- अविरल वर्षाका कारण ललितपुरमा भएको विद्युत् आपूर्तिलाई नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम प्रयास गरिरहेको जनाएको छ।

images
images
images

यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण ललितपुरको अधिकांश स्थानमा बिजुली आपूर्ती अवरुद्ध भएको थियो। कैयौँ स्थानमा पोल ढलेको, वितरण लाइनमा क्षति पुगेका कारण विद्युत् आपूर्तिमा कठिनाइ हुँदै आएको थियो।

images
images

काठमाडौं र भक्तपुरमा आइतबारदेखि नै नियमित रुपमा बिजुली उपलब्ध भइसकेको भएपनि ललितपुरका सहरी क्षेत्र बाहेकका स्थानमा अझै मर्मतसम्भार जारी रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणको लगनखेल वितरण केन्द्रका प्रमुख विजय महतोका अनुसार कतिपय स्थानमा सडक यातायात सञ्चालन हुन नसक्दा मर्मतसम्भारमा समस्या भएको छ।

images
images

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार मर्मतसम्भारका लागि आवश्यक जनशक्ति परिचालन गरिएको र आज साँझसम्म धेरै स्थानमा नियमित बिजुली उपलब्ध हुनेछ।

लाकुरी भञ्ज्याङमा १० वटा पोलमा क्षति भएको छ भने सडकमा पहिरो आउँदा मर्मत समभारमा जनशक्ति परिचालन गर्न समस्या परेको छ। बाटो खुलेको अवस्थामा दुई दिनभित्र नियमित गर्न सहज हुनेछ। गोदावरी-३ पुल्चोकी जाने बाटोमा अवरोध छ। बाटो सञ्चालन भएपछि तीन दिनभित्र बिजुली उपलब्ध हुनेछ।

भट्टेडाँडामा रहेको नागरिक उड्डयन प्राधिकरणको राडार नजिक भएको क्षतिको यकिन विवरण रुपमा प्राप्त हुन सकेको छैन। तर सो स्थानमा आज अबेरसम्म बिजुली उपलब्ध गराउने गरी तयारी गरिएको प्राधिकरणले जनाएको छ।

ललितपुर-१४ स्थित कान्तिपुर कोलनी, कुसुन्तीको केही क्षेत्रमा आजै आशिंक रुपमा बिजुली उपलब्ध गराउने गरी लगनखेल वितरण केन्द्रले जनशक्ति परिचालन गरेको छ। यस्तै, किस्ट मेडिकल कलेज पछाडिका २० घरमा आजै बिजुली उपलब्ध हुनेछ।

प्राधिकरणका अनुसार, लिटिल एजेन्ल्स स्कुल, जग्ग एकीकरण आयोजना, ललितपुर २३ का विभिन्न स्थानमा पनि आजै बिजुली उपलब्ध गराउने गरी काम भइरहेको छ।

गोदावरी लेलेतर्फको क्षतिको विवरण पनि यकिन हुन सकेको छैन। सडकमा पहिरो आएको र कतिपय स्थानमा बगाएका कारण अवरोध उत्पन्न भई मर्मतसम्भारमा समस्या पैदा भएको छ। सबै स्थानमा यथेष्ट जनशक्ति परिचालन गरी हरेक पोलको अवस्था हेरेर मर्मतसम्भारलाई तीव्र पारिएको छ।

यस्तै, देशका अन्य स्थानमा भएको क्षतिको विवरणका आधारमा मर्मतसम्भारको कामलाई तीव्र पारिएको जानकारी दिँदै प्राधिकरणले बत्ती नभएको स्थानबारेमा जानकारी गराउन समेत आग्रह गरेको छ। 

यस्तै, प्राधिकरणले बाढीका कारण क्षति भएका ठूला प्रसारण लाइनको समेत मर्मतसम्भारको प्रक्रिया अगाडि बढाएको छ। काबेली करिडोर, खिम्ती लामोसाँघु एकसय ३२ केभी प्रसारण लाइनमा समेत क्षति पुगेको छ। ती प्रसारण लाइनको टावर ढल्दा बिजुली प्रवाहमा समस्या उत्पन्न भएको छ। रासस


प्रकाशित : सोमबार, असोज १४ २०८११३:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend