काठमाडौं- चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सात अर्ब रुपैयाँ बराबरको विदेशी लगानी नेपालमा भित्रिएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउनदेखि मंसिरसम्मको अवधिमा ७ अर्ब ६ करोड ५४ लाख रुपैयाँ बराबरको विदेशी लगानी आएको छ।
यो गत वर्षको तुलनामा ५७ प्रतिशत धेरै हो। गत वर्षको यही अवधिमा ४ अर्ब ५० करोड विदेशी लगानी आएको थियो। गत वर्ष ३१ प्रतिशतले घटेको थियो। गत वर्ष न्यून विदेशी लगानी आएकाले यो वर्ष वृद्धिदर धेरै देखिएको हो।
गत वर्ष १९ अर्ब ५१ करोड विदेशी लगानी भित्रिएको थियो।