आइतबार, माघ २७ गते २०८१    
आइतबार, माघ २७ २०८१
images
images

रुख ढल्दा लहानमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १४ २०८१
images
images
रुख ढल्दा लहानमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले रुख हटाउने तयारी गरिएको जानकारी दिए।

images
images

सिरहा- लहान नगरपालिका-२ मिलनचोकमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। लहान-२ मिलनचोकको भवरा नहरको किनारमा रहेको वरको रुख ढल्दा विद्युत्को तारमा क्षति पुगेको थियो। यसबाट  करिब २० घरपरिवारमा प्रभावित भएका छन्। 

images
images
images

गत शनिबार वर्षा भइरहेको समयमा रुख दिनेश यादव र श्यामलाल यादवको घरमा ढलेपछि उनीहरुको परिवार विचल्लीमा परेका छन्। रुख हटाएर विद्युत् सेवा सञ्चालन गर्न पहल भइरहेको लहान-२ का वडाध्यक्ष सियाराम यादवले बताए।

images
images

'वन कार्याललसँग समन्वय गरी रुख हटाउने प्रयास गरिएको छ। सम्भवत आज वन कार्यालयको प्राविधिक टोलीले रुख हटाउने छ। रुख हटाएपछि विद्युत् प्राधिकरण लहान वितरण केन्द्रमा सेवा सञ्चालनका लागि अनुरोध गर्छौँ' उनले भने।

images
images
images

डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले रुख हटाउने तयारी गरिएको जानकारी दिए। रुख हटाउन ढिला हुँदा पुनः ढल्ने सम्भावना भएकाले घरभित्र बस्न समस्या भएको पीडित श्यामलालले बताए। रासस


प्रकाशित : सोमबार, असोज १४ २०८११०:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend