बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

पूर्वानुमान गरिएकै वर्षाको प्रभाव : बाढीपहिरो र डुबानमा परी १ सय ९२ को मृत्यु, ३० जना बेपत्ता

images
सोमबार, असोज १४ २०८१
images
पूर्वानुमान गरिएकै वर्षाको प्रभाव : बाढीपहिरो र डुबानमा परी १ सय ९२ को मृत्यु, ३० जना बेपत्ता

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ।

images
images

काठमाडौं- अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन्।

images
images
images

प्राकृतिक विपद्‍मा १ सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन्।

images
images

बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले जानकारी दिए।

images
images

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ।

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ। यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए।


प्रकाशित : सोमबार, असोज १४ २०८११०:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend