आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा पर्दा झ्याप्ले खोला दुर्घटना

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज १३ २०८१
images
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा पर्दा झ्याप्ले खोला दुर्घटना

नागढुंगादेखि नै ठाउँठाउँमा पहिरो खसेको थियो। तत्काल सवारीसाधन चल्ने अवस्था थिएन। अहिले पनि सो क्षेत्रमा दर्जनौँ ठाउँमा पहिरो खस्ने अवस्था छ। प्रहरी नायव उपरीक्षक सूर्य सुवेदी सडकको अवरोध हटाउन ठूलो संघर्ष गर्नुपरेको बताउँछन्।

images
images

काठमाडौं- यही असोज ११ गते शुक्रबार साँझदेखि नै देशभर भीषण वर्षा भयो। यसले सडकमा गुडिरहेका सवारीसाधन राम्ररी चल्न पाएका थिएनन्। अवरोध छिचोल्दै काठमाडौंतर्फ आउँदै गरेका सवारीसाधन नागढुंगाको ओरालोको जाममा फसे। सानातिना पहिरा त्यसअघि नै खसिसकेका कारण सवारीसाधन अघि बढ्न सकेनन्। 

images
images
images

काठमाडौं र धादिङको सीमाना झ्याप्ले खोलामा अन्य क्षेत्रमा जस्तै सवारीसाधन लामबद्ध थिए। सकड सवारीसाधनले भरिभराउ थिए। रातिमा सवारीसाधन अघि बढ्न सकेनन्। त्यही बेला शनिबार बिहान ४ बजे नागढुंगाभन्दा केही सय मिटर परबाट खसेको पहिरो तल्लो सडक (झ्याप्ले खोलामा अड्किएका सवारीसाधनमा) बजारियो।

images
images

ठाडो भीर भएकाले सिधा तल एकैचोटी पहिरो खस्यो। माथिल्लो सडकको सीमेन्ट पर्खाल नै भत्काएर पहिरो खस्यो। उक्त ठाउँ नागढुंगा सुरुङमार्गभन्दा केही वर पिप्लामोटपट्टी पर्छ।

images
images

स्थानीय नानु लामाले भनिन्, 'पहिरो गाडीमाथि खस्यो। अघिल्तिर रहेका साना सवारीसाधनमा रहेका केहीलाई हामीले तानेर बचायौँ, अन्य ठूला सवारीसाधनमाथि पहिरो खसिसकेको थियो, बचाउ बचाउ भन्ने आवाज आइरहेको थियो, हामीले बचाउन सक्ने अवस्था थिएन। पसल नै बगाउने डरले हामी पिप्लामोडतर्फ भाग्यौँ।'

लामाका अनुसार प्रहरीलाई त्यसबारे खबर गरिएको थियो। 'केही समयपछि प्रहरी आए। त्यसपछि केके भयो थाहा भएन, धेरैपछि आउँदा त यस्तो घटना भइसकेको देख्यौँ', उनले भनिन्।

नागढुंगादेखि नै ठाउँठाउँमा पहिरो खसेको थियो। तत्काल सवारीसाधन चल्ने अवस्था थिएन। अहिले पनि सो क्षेत्रमा दर्जनौँ ठाउँमा पहिरो खस्ने अवस्था छ। प्रहरी नायव उपरीक्षक सूर्य सुवेदी सडकको अवरोध हटाउन ठूलो संघर्ष गर्नुपरेको बताउँछन्। 

यात्रुहरू परिवारजनलाई खोज्दै 

घटनास्थलको दृश्य कारुणिक देखिन्छ। सवारीसाधन क्षतविक्षत भएका छन्। शवहरू पुरिएको ठाउँबाट निकालिएकाले अनुहार चिनिने अवस्था छैन। शवहरू गाडीभित्रै पुरिएको अवस्थाबाट निकालिएका छन्। 

यात्रुका आफन्तहरू उनीहरूको अवस्थाबारे बुझ्न आइपुगेका छन्। उनीहरू आफन्तको खोजीका लागि हारगुहार गरिरहेका छन्। उनीहरू आँसु रोक्न सकिरहेका छैनन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना उद्धारमा सक्रिय छ। केही सवारीसाधनबाट शव निकालिएको छ भने गोरखाबाट आएको सवारीसाधन पुरिएकै अवस्थामा छ। निकाल्ल्ने काम जारी थियो। उद्धार कार्य जारी छ। अहिलेसम्म ३५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : आइतबार, असोज १३ २०८११९:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend