काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको भिरकोट नगरपालिकाको वडा नम्बर ९ का वडा अध्यक्ष भिम बहादुर गुरुङ र वडा सदस्य कुल बहादुर गुरुङ विरुध मुद्दा दायर गरेको छ।
आयोगले उनीहरु उपर १ लाख ३५ हजार रुपैयाँ बिगो कायम गरी घुस लिई भ्रष्टाचार गरेको भन्दै काठमडौ विशेष अदालतमा आरोप-पत्र दायर गरेको छ।
वडाध्यक्ष भिम बहादुर गुरुङ र वडा सदस्य कुल बहादुर गुरुङले सेवाग्राहीसँग नागरिकता बनाई दिन्छु भनी घुस/रिसवत लिएको भन्ने उजुरी परेको थियो।
सोही विषयमा अनुसन्धान हुँदा उनीहरुले नागरिकता बनाई दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको पुष्टी भएको भन्दै मुद्दा दायर गरेको अख्तियारको सूचनामा उल्लेख छ।