बिहीबार , चैत १४ गते २०८१    
बिहीबार , चैत १४ २०८१
images
images

स्वास्थ्य बीमा क्षेत्रका समस्या समाधान गर्न सुझाव समिति गठन

images
आइतबार, असोज १३ २०८१
images
images
स्वास्थ्य बीमा क्षेत्रका समस्या समाधान गर्न सुझाव समिति गठन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट डा शम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेको हो।

images
images

काठमाडौं- स्वास्थ्य बीमाका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सुझाव दिन समिति गठन भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट डा शम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेको हो।

images
images

समितिमा विकास अर्थशास्त्री एवं गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा रघुराज काफ्ले, वरिष्ठ मुटु शल्यचिकित्सक प्राडा भगवान् कोइराला सदस्य छन्। समितिमा अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव पनि सदस्यका रुपमा रहेका छन्।

images
images

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख र निजी क्षेत्रका छाता संस्थाका प्रतिनिधिलाई पनि समितिको सदस्य तोकिएको छ।

images
images

स्वास्थ्य बीमाका क्षेत्रमा सुधार गरेर आमनागरिकको पहुँचमा ल्याउन समितिले उचित सुझाव दिने अपेक्षा गरिएको स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बताए। समितिलाई विद्यमान स्वास्थ्य बीमाको कानुनी अवस्था, सेवा प्रवाहलगायत विषयका सबल र दुर्बल पक्षबारे विश्लेषण तथा सुझावसहितको प्रतिवेदन दिन कार्यादेश दिइएको उनले जानकारी दिए।

यसैगरी, नेपालमा हाल कार्यान्वयनमा रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकद्वार प्रणालीबाट प्रवाह हुनेगरी स्वास्थ्य बीमा कार्यक्रममार्फत लैजान सुझावसहितका उपाय सुझाउन पनि भनिएको छ।

समितिले स्वास्थ्य बीमा कार्यक्रममा सबै नागरिकको आबद्धता बनाउन सम्भाव्य उपायबारे सुझाव दिने अपेक्षा गरिएको छ। मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा स्वास्थ्य बीमाको रकम पाँच लाख रूपैयाँसम्म पुर्‍याउने उल्लेख छ।

स्वास्थ्य बीमाका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सुझाव दिन गठित समितिको पहिलो बैठक पनि बसेको छ।

आफूहरुले स्वास्थ्य बीमाका अन्तर्राष्ट्रिय अभ्यासहरुको अध्ययनसँगै देशको अभ्यास र कठिनाइहरुका बारेमा विस्तृत अध्ययन गरेर सुझाव दिने समितिका संयोजक आचार्यले बताए। रासस


प्रकाशित : आइतबार, असोज १३ २०८११७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend