काठमाडौं- धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका छन्।
धितोपत्र बोर्डको अध्यक्ष छनौट तथा सिफारिस गर्न बनेको समितिले माग गरेको आवेदनमा १५ जनाले तोकिएको समयभित्र आवेदन दिएका हुन्।
धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम देहायको योग्यता भएको, उच्च नैतिक चरित्र भएको, कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन या कानून क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको, धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा बमोजिम अयोग्य नरहेको र आवेदकले आवेदन दिने अवधिभित्र ३० वर्ष पूरा भइ ६० वर्ष ननाघेकाले आवेदन दिन योग्य हुने मापदण्ड तोकिएको थियो।
आवेदन दिनेहरुको सूची
१. डा गोपालप्रसाद भट्ट
२. खगेन्द्र कटुवाल
३. मुक्ति अर्याल
४.रमेश अधिकारी
५. चिरन्जिवी चापागाई
६. डा नवराज अधिकारी
७. अम्बिका शर्मा लामिछाने
८. कृष्णराज पोखरेल
९. डा जीवन अंगाई
१०. रमेश कुमार हमाल
११. सिताराम थपलिया
१२.डा. केशवप्रसाद श्रेष्ठ
१३. अनिलराज पौडेल
१४. निरज गिरि
१५. हेमन्त बस्याल