बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

अवरुद्ध विमलनगर-आँबुखैरेनी खण्ड सञ्चालन

images
आइतबार, असोज १३ २०८१
images
अवरुद्ध विमलनगर-आँबुखैरेनी खण्ड सञ्चालन

चुनपहरा नजिक ठूलो ढुंगासहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो।

images
images

तनहुँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरमा आज दिउँसो पहिरो खस्दा अवरुद्ध भएको विमलनगर-आँबुखैरेनी खण्ड सञ्चालन भएको छ।

images
images
images

चुनपहरा नजिक ठूलो ढुंगासहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो।

images
images

प्रहरी, स्थानीय तथा जनप्रतिनिधिको पहलमा पहिरो पन्छाएर राजमार्ग नियमित सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए। उनका अनुसार पहिराले अवरुद्ध भएका पृथ्वीराजमार्गअन्तर्गत जिल्लाका विभिन्न खण्डमा एकतर्फी रुपमा आवागमन सञ्चालन भइरहेका छन्।

images
images

शनिबारको पहिरोले अवरुद्ध भएको व्यास नगरपालिका-१२ घाँसीकुवा, बन्दीपुर गाउँपालिका-१ चिसापानी र व्यास नगरपालिका-३ मादी पुल नजिक एकतर्फी रुपमा सवारीसाधन सञ्चालन भइरहेका प्रनाउ रायले बताए। रासस


प्रकाशित : आइतबार, असोज १३ २०८११६:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend