बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

वर्षा प्रभाव : राजधानीमा कम मात्रामा भित्रियो फलफूल तथा तरकारी

images
आइतबार, असोज १३ २०८१
images
वर्षा प्रभाव : राजधानीमा कम मात्रामा भित्रियो फलफूल तथा तरकारी

सामान्य अवस्थामा राजधानीमा सातसय टनसम्म फलफूल तथा तरकारी भित्रिने गरेको भन्दै आज ३८ टनमात्रै भित्रिएको उनले जानकारी दिए।

images
images

काठमाडौं- तीन दिनेदेखि परेको अविरल वर्षाले देशका विभिन्न स्थानमा आएको बाढीपहिरोको प्रभावले राजधानीमा अन्य समयको तुलनामा कम मात्रामा फलफूल तथा तरकारी भित्रिएको छ।

images
images
images

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार राजधानीमा शनिबार एक सय ५६ टन फलफूल तथा तरकारी भित्रिएको थियो। आज भने ३८ टन मात्र फलफूल र तरकारी भित्रिएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए।

images
images

सामान्य अवस्थामा राजधानीमा छ सयदेखि सात सय टनसम्म फलफूल तथा तरकारी भित्रिने गरेको भन्दै आज ३८ टनमात्रै भित्रिएको उनले जानकारी दिए।

images
images

पूर्वी एवं मध्य नेपालमा पछिल्लो तीन दिनसम्म परेको भारी वर्षासँगैको बाढी र पहिरोले मुख्य सडक अवरुद्ध भएकाले कम फलफूल तथा तरकारी भित्रिएको हो।

थोरै सामान भित्रिएपछि फलफूल र तरकारीको मूल्य सतप्रतिशत बढेको सूचना अधिकारी श्रेष्ठले उल्लेख गरे।

राजधानीमा छिमेकी जिल्लाहरु धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोकका साथै मधेश प्रदेशका केही जिल्ला तथा मित्रराष्ट्र भारतबाट पनि फलफूल तथा तरकारी आउने गरेको समितिले जनाएको छ। रासस


प्रकाशित : आइतबार, असोज १३ २०८११६:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend