बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

झ्याप्लेखोला पहिरो अपडेट : आजमात्रै २१ जनाको शव भेटियो, मृतकको सङ्ख्या ३५ पुग्यो

images
आइतबार, असोज १३ २०८१
images
झ्याप्लेखोला पहिरो अपडेट : आजमात्रै २१ जनाको शव भेटियो, मृतकको सङ्ख्या ३५ पुग्यो

बिहानैदेखि खटिएको उद्धार टोलीले १७ पुरुष र चार जना महिलाको शव निकालेको हो। हालसम्म पहिरोमा ३५ जनाको शव निकालिएको छ।

images
images

मलेखु- धादिङको धुनिबेँसी नगरपालिका-९ झ्याप्ले खोलामा पहिरोबाट आजमात्रै २१ जनाको शव निकालिएको छ।

images
images
images

बिहानैदेखि खटिएको उद्धार टोलीले १७ पुरुष र चार जना महिलाको शव निकालेको हो। हालसम्म पहिरोमा ३५ जनाको शव निकालिएको छ।

images
images

शनिबार रातिसम्म १४ वटा शव फेला परेकामा आज थप २१ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिए।

images
images

सडकमाथिबाट खसेको पहिरोमा पुरिएकाको उद्धार कार्य जारी छ। प्रहरीका अनुसार पहिरोमा ना४ख २२७० नम्बरको बस, बा२ख १३४५ नम्बरको माइक्रोबस (जम्बोहाइस) फेला परेको छ।

लु१ज ४५७८ नम्बरको माइक्रोबस (विङ्गर म्यान) शनिबार फेला परेको थियो। अझै अन्य सवारी पनि भेटिनसक्ने आशंकामा अहिले पनि उद्धार जारी रहेको प्रहरीको भनाइ छ। 

पहिरोमा भेटिएका सबै शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरी निरीक्षक सिलवालले जानकारी दिए।

शुक्रबार साँझदेखि त्रिभुवन राजपथको नौबिसे नागढुंगा क्षेत्र पहिरो र लेदोले तनावग्रस्त छ। रासस


प्रकाशित : आइतबार, असोज १३ २०८११६:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend