शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

बाढीपहिरोले विद्युतका खम्बामा क्षति, पानी पर्न रोकिएसँगै थालियो मर्मतसम्भार

images
आइतबार, असोज १३ २०८१
images
images
बाढीपहिरोले विद्युतका खम्बामा क्षति, पानी पर्न रोकिएसँगै थालियो मर्मतसम्भार

भानु-४ सेपाबगैँचा क्षेत्रमा मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएको छ भने धार्मिक पर्यटक क्षेत्र छाब्दी बाराही क्षेत्रमा विद्युतका खम्बा ढलेपछि दमौली फिडरबाट विद्युत् सञ्चालन गरिएको छ।

images
images

तनहुँ- तीन दिनदेखि परेको अविरल वर्षापछि गएको पहिरोले तनहुँको विभिन्न स्थानमा विद्युत् खम्बा ढालेर क्षति बनाएको छ। अधिकांश स्थानमा विद्युत् खम्बा ढलेले विद्युत् सेवा अवरुद्ध भएको छ।

images
images

पानी पर्न रोकिएसँगै क्षति भएका पोलको मर्मतसम्भार गरी सेवा नियमित सञ्चालनको प्रयास थालिएको तनहुँ वितरण केन्द्रका प्रमुख इञ्जिनियर विजयराज रेग्मीले बताए। 'हालसम्म २० वटा विद्युतका खम्बामा क्षति पुगेको जानकारी पाएका छौँ', उनले भने, 'अहिले पनि ठाउँठाउँबाट खम्बा ढलेको जानकारी आइरहेको छ।'

images
images

भानु-४ सेपाबगैँचा क्षेत्रमा मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएको छ भने धार्मिक पर्यटक क्षेत्र छाब्दी बाराही क्षेत्रमा विद्युतका खम्बा ढलेपछि दमौली फिडरबाट विद्युत् सञ्चालन गरिएको छ।

images
images
images

व्यास नगरपालिका-१२ घाँसीकुवा, कमलबारीमा र व्यास-१ कराङकाठस्थित दमौली बसपार्क नजिकै रहेको बुल्दी खोला छेउमा तीन खम्बा ढालेर क्षति बनाएपछि मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएको केन्द्रका इञ्जिनियर रेग्मीले जानकारी दिए।

'विद्युत् लाइन अवरुद्ध नभएका, भिरालो जमिन चर्किएर पहिरो खस्ने अवस्थामा रहेका र खम्बा ढल्किएका धेरै छन्', उनले भने, 'पहिलो प्राथामिकता विद्युत् अवरोध भएका स्थानलाई दिएर काम गरिरहेका छौँ।' 

बन्दीपुर-६ को समस्तीपुर र मास्दीघाट क्षेत्रका अधिकांश स्थानमा विद्युतका खम्बा ढलेका इञ्जिनियर रेग्मीले बताए। सो क्षेत्रमा मर्मत कार्य बाँकी छ। बन्दीपुर-६ साराङको सबस्टेशनको खम्बा ढलेर क्षति हुँदा करिब तीन हजार बासिन्दा प्रभावित भएका छन्।

उक्त सबस्टेसनबाट जिल्लाका देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका र बन्दीपुर गाउँपालिकाका केही वडाका बासिन्दाले विद्युत् प्रयोग गर्दै आएका छन्। लमजुङको सोती बजार ‘फिडर’ र थर्पु बजार क्षेत्रमा भने क्षति कम भएको जानकारी प्राप्त भएको तनहुँ वितरण केन्द्रले जनाएको छ। रासस


प्रकाशित : आइतबार, असोज १३ २०८११५:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend