आइतबार, मंसिर ९ गते २०८१    
images
images

सिटिजन्स बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाखको चेक हस्तान्तरण

images
आइतबार, असोज १३ २०८१
images
images
सिटिजन्स बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाखको चेक हस्तान्तरण

बैंकले आगामी दिनमा पनि समाजको हितका लागि यस्ता सहयोगात्मक प्रयासहरू जारी राख्ने प्रतिबद्धता जनाएको छ।

images
images

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अविरलको वर्षाले निम्त्याएको बाढीपहिरो एवं डुबानबाट प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाखको चेक हस्तान्तरण गरेको छ।

images
images
images

सहरी विकास मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबीच उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई बैंकका अध्यक्ष प्रबल जंग पाण्डेले २५ लाखको चेक हस्तान्तरण गरेका हुन्।

images

अविरल वर्षाले प्रभावित भइ ठूलो जनधनको क्षति पुगेकाहरुको राहतको उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत पीडितहरूको राहत र पुनर्स्थापनाको लागि उक्त सहयोग प्रदान गरिएको बैंकले जनाएको छ।

images

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र प्रमुख प्रशासकीय अधिकृत नारायणराज अधिकारी लगायतको उपस्थिति रहेको थियो।

बैंकले प्रकोपपीडित परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ। 

सिटिजन्स बैंकले यसअघि पनि २०७२ सालको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोगस्वरुप १ करोड प्रदान गरेको थियो।

कर्णाली प्रदेशको जाजरकोटमा २०८० कार्तिक १७ मा गएको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाखको सहयोग गरेको थियो।

बैंकले आगामी दिनमा पनि समाजको हितका लागि यस्ता सहयोगात्मक प्रयासहरू जारी राख्ने प्रतिबद्धता जनाएको छ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १ सय ८८ वटा शाखा, १४८ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट १६ लाख ६४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ।


प्रकाशित : आइतबार, असोज १३ २०८११५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend