आइतबार, मंसिर ९ गते २०८१    
images
images

११ ब्रान्डका पानीमा फिकल कोलिफर्म पुष्टि, बिक्रीवितरणमा लगाइयो रोक

images
आइतबार, असोज १३ २०८१
images
images
११ ब्रान्डका पानीमा फिकल कोलिफर्म पुष्टि, बिक्रीवितरणमा लगाइयो रोक

यससम्बन्धी गरिएको परिपत्रमा जरिवाना राजस्व खातामा दाखिला गर्न भनिएको महानगरले जनाएको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले विभिन्न ११ ब्रान्डका पानीमा फिकल कोलिफर्म भेटिएपछि ति कम्पनीको पानी बिक्रीवितरणमा रोक लगाएको छ। बिक्रीमा रोक लगाइएका हरेकलाई २ लाख रूपैयाँ जरिवाना गरिएको छ।

images
images
images

यससम्बन्धी गरिएको परिपत्रमा जरिवाना राजस्व खातामा दाखिला गर्न भनिएको महानगरले जनाएको छ।

images

यस्तै कोलिफर्म भेटिएको पानीको नमुना सरकारी निकायका प्रयोगशालाबाट प्राविधिक परीक्षण गरेर प्रतिवेदन बुझाउन भनिएको छ। यसरी बुझाइएको प्रतिवेदनमा फिकल कोलिफर्म शून्य देखिएपछि बिक्रीवितरण गर्न सकिने पत्रमा उल्लेख छ। 

images

भदौ १२ गतेदेखि २८ गतेका बिचका विभिन्न दिनमा विभिन्न स्थानहरुबाट महानगरले २० वटा पानीको नमूना लिएको थियो। यसबाहेक उपभोक्ताले गुनासो गरेपछि एउटाको नमूना संकलन गरेर काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो। यसरी पठाइएका २१ वटा नमूनामध्ये ११ वटामा फिकल कोलिफर्म देखिएको हो।

प्रति १ सय मिलिलिटर नमूना परीक्षणमा कोलोनी फर्मिङ युनिट (सीएफयू) मापदण्डविपरीत देखिएको हो। कोलोनी फर्मिङ युनिट (सीएफयू) सुक्ष्मजीवको अवस्था हेर्न प्रयोग गरिने युनिट हो।

खाद्य पदार्थको अनिवार्य गुणस्तर मापदण्डअनुसार प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ। फिकल कोलिफर्म दिशामा पाइन्छ। दिशामा पाइने सुक्ष्मजीव पानीमा भेटिनुलाई पिउन अयोग्य मानिन्छ। 

जरिवाना र बिक्रीवितरणमा रोक लगाइएका पानीका ब्रान्डहरुमा ब्याच नं. १३ को फ्रेस ड्रप पानीमा फिकल कोलिफर्मको मान २३ कोलोनी फर्मिङ युनिट देखिएको महानगरले जनाएको छ। उपभोक्ताबाट गुनासो आएपछि भदौ १८ गते यसको नमूना लिइएको थियो। पञ्चरत्न ग्रुपले उत्पादन गर्ने यो पानी टोखा नगरपालिका वडा नं. ८ बाट उत्पादन भइरहेको छ ।  

महानगरका अनुसार भदौ १२ गते नमूना लिइएका पानीमध्ये ब्याच नं. १२ को अक्वा पिसमा ८० र अक्वा टोखाको पानीमा फिकल कोलिफर्मको मान ३० कोलोनी फर्मिङ युनिट देखिएको छ। अक्वा पिस टोखा ८ मा रहेको पिस स्प्रिङ वाटरले उत्पादन गरेको पानी हो भने अक्वा टोखा, टोखाकै अक्वा एसएनएस वेभरेजले उत्पादन गरेको पानी हो।

ब्याच नं. ६ को कोलभोतेश्वर ब्रान्डको भदौ २४ गते नमूना लिइएको थियो। यसमा फिकल कोलिफर्मको मान ११६ कोलोनी फर्मिङ युनिट छ। यो पानी कागेश्वरी मनोहरामा सञ्चालित उत्तरबाहिनी फुड एण्ड वेभरेजले उत्पादन गरेको हो। 

भदौ २४ गते नै नमूना लिइएका पानीहरुमा गोकर्णेश्वरमा सञ्चालित अक्वा सुन्दरी उद्योगले उत्पादन गर्ने अक्वा डिवी, कागेश्वरी मनोहरा, वडा नं. ६ मा रहेको स्नो क्युब ड्रिंकिङ वाटरले उत्पादन गर्ने अक्वा, गोकर्णेश्वरमा रहेको स्तुपा इन्डष्ट्रिले उत्पादन गरेको क्युब प्रोसेस ड्रिंकिङ वाटर र गोकर्णेश्वरमा सञ्चालित मुन लाइट स्प्रिङ मिनरल वाटरले उत्पादन गरेको अक्वा माइल्ड नामको पिउने पानीमा फिकल कोलिफर्म पाइएको छ।

अक्वा डिवीमा ५, अकुवामा १७, ब्याच नं. २०० को क्युव प्रोसेस ड्रिंकिङ वाटरमा ३ सयभन्दा धेरै र ब्याच नं. ४२ को अक्वा माइल्ड ब्रान्डको पानीमा २१ कोलोनी फर्मिङ युनिट भेटिएको महानगरले जनाएको छ। 

यस्तै भदौ २८ गते संकलन गरिएका नमूनामध्ये अक्वा कपन र अक्वा गौरीशंकरमा कोलिफर्म पाइएको छ। अक्वा कपनमा फिकल कोलिफर्म मान ४ र अक्वा गौरशंकरमा ३ सयभन्दा धेरै कोलोनी फर्मिङ युनिट देखिएको छ।

अक्वा कपन एमकेमिनरल वाटर उद्योगले बूढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रबाट उत्पादन गर्छ। अक्वा गौरी शंकर, गोकर्णेश्वरमा रहेको कोशी मिनरल उद्योगले उत्पादन गर्छ।  


प्रकाशित : आइतबार, असोज १३ २०८११४:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend