आइतबार, मंसिर ९ गते २०८१    
images
images

हिउँका कारण सोलुखुम्बु खुम्बिलामा अलपत्र परेका एकजना विदेशी पर्यटकसहित चारजनाको उद्धार

images
आइतबार, असोज १३ २०८१
images
images
हिउँका कारण सोलुखुम्बु खुम्बिलामा अलपत्र परेका एकजना विदेशी पर्यटकसहित चारजनाको उद्धार

'खुम्बिला भन्ने स्थानमा हिउँले गर्दा अलपत्र परेको भन्ने जानकारी प्राप्त भएपश्चात प्रहरी टोलि खटिएर गइ सिंगापुरका लिन चुङ हेङसहित तीनजना नेपाली नागरिकहरूलाई उद्धार गरिएको'

images
images

काठमाडौं- हिउँका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-४ खुम्बिलामा अलपत्र परेका एकजना विदेशी पर्यटकसहित चारजनाको उद्धार गरेको प्रहरीले जनाएको छ।

images
images
images

'खुम्बिला भन्ने स्थानमा हिउँले गर्दा अलपत्र परेको भन्ने जानकारी प्राप्त भएपश्चात प्रहरी टोलि खटिएर गइ सिंगापुरका लिन चुङ हेङसहित तीनजना नेपाली नागरिकहरूलाई उद्धार गरिएको' प्रहरीले जनाएको छ।

images

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकको उद्धार गर्न शनिबार नै निर्देशन दिएका थिए। 

images

अलपत्र पर्यटकहरूलाई तत्काल उद्धार गर्नका लागि उद्धार कार्यमा पर्यटक प्रहरीलाई प्रभावकारी रूपमा परिचालन गर्ने, आन्तरिक उडान अवरुद्ध भई अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुहरूको टिकट सार्न अतिरिक्त शुल्क नलाग्ने गरी व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित वायुसेवा कम्पनीहरूले आवश्यक समन्वय गर्ने, हेलिकोप्टरबाट उद्धार उडान गर्दा नियमित एवं सहुलियत शुल्कमा नै गर्ने व्यवस्था मिलाउन भनिएको थियो। 

tourist hiu 1.jpg


प्रकाशित : आइतबार, असोज १३ २०८११३:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend