मंगलबार, चैत १२ गते २०८१    
मंगलबार, चैत १२ २०८१
images
images

७० वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी

images
आइतबार, असोज १३ २०८१
images
images
७० वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी

प्रभावित क्षेत्रका विपद्‌मा परेका नागरिकलाई राहत र उद्धारका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय भइरहेको छ।

images
images

काठमाडौं- रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन्। जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना, ठूला-साना पक्की र झोलुङ्गे पुलमा धेरै हानी भएको छ।

images
images

७० वर्षअघि यस्तै बाढी देखेको स्थानीय ज्येष्ठ नागरिकहरूले बताएका छन्। बाढीबाट खुर्काेट बसपार्क डुबेको छभने  रामेछाप जाने खुर्कोटको पक्की पुल पनि बगेको छ। बाढीले गाउँबस्तीलाई बगरमा परिणत गरेको छभने धानबाली नष्ट भएको छ।

images
images

सुनकोशीको बाढीले दुम्जाफाँट, खुर्काेट, मुलकोट, दिङ्दिङबेँसी, कुखुरेटार, च्याकुटार, सुम्नाङबेँसी, खाङ्साङलगायत गाउँबस्तीका साथै अन्य स्थानका भौतिक पूर्वाधारमा क्षति भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताए।

images
images

बाढी प्रभावित क्षेत्रमा स्थानीय र सुरक्षाकर्मीको सहयोग तथा समन्वयमा खोजी र उद्धार जारी रहेको तथा वर्षा रोकिएसँगै अवरुद्ध बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग सञ्चालनको प्रयास आजदेखि प्रारम्भ गरिने उनले बताए।

बीपी राजमार्गअन्तर्गत सिन्धुलीदेखि मुलकोटसम्म अवरोध नरहेका तथा दुम्जा क्षेत्रमा भत्किएको सडक मर्मत गर्न सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र सडक विभागको सहकार्यमा यथाशीघ्र बाटो खोलिने उनले बताए।

प्रभावित क्षेत्रका विपद्‌मा परेका नागरिकलाई राहत र उद्धारका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय भइरहेको छ।

भत्किएको सडक र पुल मर्मत गरी यथाशीघ्र यातायातका साधन सञ्चालनका लागि संघ र प्रदेश सरकारसँग बजेट र अन्य सहायताका निम्ति अनुरोध गरिएको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले बताए। रासस


प्रकाशित : आइतबार, असोज १३ २०८१११:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend