मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

राजमार्गका होटलमा कडाइ गर्दै वाणिज्य मन्त्रालय, मन्त्री भण्डारीले भने - ‘एक्सन’ लिने तयारीमा छु

images
आइतबार, असोज १३ २०८१
images
राजमार्गका होटलमा कडाइ गर्दै वाणिज्य मन्त्रालय, मन्त्री भण्डारीले भने - ‘एक्सन’ लिने तयारीमा छु

मन्त्री दामोदर भण्डारीले भने, 'खाना तथा नास्ता खाने ठाउँमा राजमार्गका होटलवाला र यातायात सञ्चालकले चर्को मूल्य असुलेर नराम्रो व्यवहार गर्ने गरेको व्यापक जनगुनासो मन्त्रालयमा आएको छ, गुनासोकै आधारमा हामी कारबाही प्रक्रिया अगाडि बढाउँछौँ।'

images
images

काठमाडौं- वर्षौँदेखिको सडकमा यात्रा गर्ने यात्रुहरुको राजमार्गका होटलको अचाक्लीका विषयमा गरिँदै आएको गुनासोमा यस पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष चासो देखाएको छ।

images
images
images

सो मन्त्रालयका मन्त्री दामोदर भण्डारीले देशैभरका मुख्य राजमार्गका होटलहरुबाट यात्रुले निकै सास्ती खेपिरहेको गुनासो विगतदेखिको नै भए पनि पछिल्लो समय झनै बढेको बताए। उनले यसअघि नै होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई सचेत गराइसकेका छन्। 

images
images

'मुख्य राजमार्गमा होटलहरुले यात्रुमाथि लुट मच्चाएका छन्, विगतमा कसैले कारबाही प्रक्रिया अगाडि नबढाए पनि म यसमा ‘एक्सन’ लिने तयारीमा छु, होटलहरुको मनपरी छ, सार्वजनिक यातायात सञ्चालकको पनि यसमा मिलेमतो प्रष्टै देखिन्छ, यो कुरा सह्य हुँदैन, एकान्तमा वा जंगलमा होटल खोलेर यात्रु ठग्ने कुरा पाच्य छैन, मन्त्रालय कारबाहीका लागि अगाडि बढ्नुपर्ने अवस्था आइसक्यो', चेतावनी दिँदै मन्त्री भण्डारीले भने।

images
images

शुक्रबार मन्त्रालयमा आयोजित होटल तथा रेष्टुरेन्ट व्यवसायीसँगको एक कार्यक्रममा उनले अब राजमार्गमा होटल चलाउने भए प्रष्टरुपमा सबैले देख्ने गरेर मूल्यसूचि राख्नुपर्ने बताए। मूल्यसूची नराखेर यात्रु ठग्ने मनसाय भए उनले त्यस्ता होटललाई बन्द गरिने चेतावनी दिए।

मन्त्री भण्डारीले भने, 'खाना तथा नास्ता खाने ठाउँमा राजमार्गका होटलवाला र यातायात सञ्चालकले चर्को मूल्य असुलेर नराम्रो व्यवहार गर्ने गरेको व्यापक जनगुनासो मन्त्रालयमा आएको छ, गुनासोकै आधारमा हामी कारबाही प्रक्रिया अगाडि बढाउँछौँ।'

वाणिज्य मन्त्रालय र मातहतका निकायमा राजमार्गका होटलमा यातायात सञ्चालक तथा होटलहरुको मिलेमतोमा यात्रुमाथि लुट मचाएको भन्ने व्यापक जनगुनासो बढेकाले छिट्टै सो मन्त्रालयको अगुवाइमा समस्या समाधानका लागि सरोकारवाला मन्त्रालयका प्रतिनिधि सम्मिलित बैठक राखिने मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए।

उनका अनुसार वाणिज्य मन्त्रालयसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कृषि तथा पशुपक्षी मन्त्रालयका प्रतिनिधिको उपस्थितमा छिट्टै बैठक आह्वान गरिएको छ। रासस


प्रकाशित : आइतबार, असोज १३ २०८१११:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend