शनिबार, असोज ५ गते २०८१    
images
images

मोबाइल बैंकिङ र वालेटबाट हुने कारोबार बढ्यो 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस २९ २०७८
images
images
मोबाइल बैंकिङ र वालेटबाट हुने कारोबार बढ्यो 

मंसिरमा एटीएमबाट हुने कारोबार रकम पनि घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। 

images
images

काठमाडौं- समग्र विद्युतीय माध्यमबाट हुने भुक्तानी घटे पनि केही उपकरणको लोकप्रियता भने बढेको छ। 

images
images
images

नेपाल राष्ट्र बैंकका अनुसार धेरै कारोबार हुने रियल टाइम ग्रस सेटलमेन्ट(आरटीजीएस) बाट हुने कारोबार रकम नै घटेको छ। आरटीजीएसको कारोबार रकम घट्दा समग्र कारोबार घटेपनि विद्युतीय उपकरणमा अन्य केही माध्यम लोकप्रिय बन्दै गएका छन्।

तथ्यांक अनुसार मोबाइल बैंकिङबाट हुने कारोबार बढेको छ। मंसिरसम्म इन्टरनेट बैंकिङबाट १२ अर्ब ७३ करोड रुपैयाँ कारोबार भएको छ। कात्तिकमा यस्तो कारोबार ११ अर्ब ८३ करोड रुपैयाँ कारोबार भएको थियो। त्यस्तै मोबाइल बैंकिङबाट ७ अर्ब ८१ करोडबाट बढेर ८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै वालेटको कारोबार पनि १३ अर्ब ९४ करोडबाट १५ अर्ब ५२ करोड पुगेको छ। 

कात्तिकमा यी तीनवटै माध्यमबाट हुने कारोबार घटेको थियो। मंसिरदेखि फेरि यी माध्यमको कारोबार बढेको हो। 

images

त्यस्तै विद्युतीय चेक क्लियरिङ, आइपीएस, कनेक्ट आईपीएसबाट हुने कारोबार रकममा पनि वृद्धि भएको छ। पीओएस र इकमर्शमा हुने भुक्तानी रकम भने यो बीचमा घटेको छ।  मंसिरमा एटीएमबाट हुने कारोबार रकम पनि घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। 

 


प्रकाशित : बिहीबार , पुस २९ २०७८११:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend