बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पाँच अर्बभन्दा बढीको लगानीमा खुल्ने अन्तर्राष्ट्रिय एयरलाइन्स र पर्यटन उद्योगलाई १५ वर्षसम्म आयकरमा छुट 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
पाँच अर्बभन्दा बढीको लगानीमा खुल्ने अन्तर्राष्ट्रिय एयरलाइन्स र पर्यटन उद्योगलाई १५ वर्षसम्म आयकरमा छुट 

आयकर ऐनको दफा १ को उपदफा ३ को ट मा थप व्यवस्था गर्दै सरकारले आयकर छुटको व्यवस्था गरेको छ। 

काठमाडौं- १ अर्ब रुपैयाँ भन्दा बढीको लगानीमा स्थापना हुने पर्यटनमूलक उद्योगका लागि सरकारले आयकरमा छुट अफर ल्याएको छ। 

पर्यटनसँग सम्बन्धी उद्योग तथा अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सहरूले लगानीको आधारमा आयकरमा छुट पाउने छन्। 

आयकर ऐनको दफा १ को उपदफा ३ को ट मा थप व्यवस्था गर्दै सरकारले आयकर छुटको व्यवस्था गरेको छ। 

नयाँ प्रस्तावअनुसार अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स तथा होटल लगायतका अन्य पर्यटन उद्योगले १ अर्बभन्दा बढी लगानी भएकाले पाँच वर्षसम्म पूर्ण आयकर छुट र त्यसपछिका तीन वर्षसम्म ५० प्रतिशत छुट पाउने छन्। 

त्यस्तै तीन अर्बभन्दा बढीको लगानी भएका उद्योगले १० वर्षसम्म पूर्ण छुट  त्यसपछिको पाँच वर्षसम्म ५० प्रतिशत आयकर छुट पाउने छन्। 

पाँच अर्ब रुपैयाँ भन्दा बढीको लगानी हुने उद्योगले १५ वर्षसम्म आयकरमा पूर्ण छुट पाउने छन्। 
 
यसअघि २ अर्बभन्दा बढी लगानी गरेकाहरूले पाँच वर्षसम्म पूर्ण आयकर छुट र त्यसपछिका तीन वर्षसम्म ५० प्रतिशत छुट पाउने व्यवस्था थियो। 


प्रकाशित : शुक्रबार, भदौ २५ २०७८१४:२०
  • सम्बन्धित विषय:

  • # लगानी
  • # होटल
  • # एयरलाइन्स
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend