शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

झ्याप्लेखोलामा पुरिएको अवस्थामा अर्को बस पनि भेटियो, गोरखाबाट आएको बस हुनसक्ने आशंका

images
आइतबार, असोज १३ २०८१
images
images
झ्याप्लेखोलामा पुरिएको अवस्थामा अर्को बस पनि भेटियो, गोरखाबाट आएको बस हुनसक्ने आशंका

झ्याप्लेखोलामा गएको पहिरोमा बसको केही भाग मात्र देखिएकाले विस्तृतमा पुष्टि हुन सकेको छैन। बसमा कति यात्रु थिए भन्ने यकिन भएको छैन।  त्यहाँ अरू पनि सवारीसाधन हुनसक्ने आशंका प्रहरीले गरेको छ।

images
images

काठमाडौं- नागढुंगानजिकै झ्याप्लेखोलामा गएको पहिरोमा थप एउटा बस पुरिएको अवस्थामा फेला परेको छ। पुरिएको अवस्थामा फेला परेको बसको नम्बर खुल्न सकेको छैन।

images
images

अहिले डोजरको साहयताले पुरिएको बस निकाल्ने प्रयास भइरहको प्रहरीले जनाएको छ। शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस तीन दिनदेखि सम्पर्कविहीन रहेको दरौँदी यातायात प्रालिले जनाएको छ। झ्याप्लेखोलामा देखिएको बस त्यही हुनसक्ने आशंका गरिएको छ। 

images
images

यातायात समितिका अध्यक्ष नारायण खत्रीका अनुसार शुक्रबार राति १० बजे काठमाडौंनजिक खानीखोलासम्म सम्पर्क भएको र त्यसपछि सम्पर्कबाहिर रहेको छ।

images
images
images

झ्याप्लेखोलामा गएको पहिरोमा बसको केही भाग मात्र देखिएकाले विस्तृतमा पुष्टि हुन सकेको छैन। बसमा कति यात्रु थिए भन्ने यकिन भएको छैन।  त्यहाँ अरू पनि सवारीसाधन हुनसक्ने आशंका प्रहरीले गरेको छ।


प्रकाशित : आइतबार, असोज १३ २०८११०:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend