मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

घ्यु/तेलको मूल्य २८ प्रतिशतले बढ्दा अन्य वस्तुको कति?

images
बिहीबार , पुस २९ २०७८
images
images
घ्यु/तेलको मूल्य २८ प्रतिशतले बढ्दा अन्य वस्तुको कति?

२०७७ मंसिरको तुलनामा घ्यु/तेलको मूल्य २८.५२ प्रतिशतले बढेको हो।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको पाँच महिनामा मूल्य वृद्धिदर ७.११ प्रतिशत पुगेको छ। विश्वव्यापी रुपमा मूल्यवृद्धि बढ्दै गएको छ।यसको प्रभाव नेपालमा पनि देखिँदै आएको छ।

images
images

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा बढी मूल्य वृद्धि घ्यु/तेलमा देखिएको छ।

images
images

२०७७ मंसिरको तुलनामा घ्यु/तेलको मूल्य २८.५२ प्रतिशतले बढेको हो। यसैगरी यातायात क्षेत्रको मूल्य वृृद्धिपनि १६.२५ प्रतिशतले बढेको छ।

images
images
images

यसैगरी दात तथा गेडागुडीमा ११.७९, शिक्षामा ११.७८ र सुर्तीजन्य पदार्थको मूल्य भने ११.७४ प्रतिशतले बढेको छ।

यसैगरी समीक्षा महिनामा काठमाडौं उपत्यकामा ५.९१ प्रतिशत, तराईमा ७.५२ प्रतिशत, पहाडमा ६.९५ प्रतिशत र हिमालमा४.९१ प्रतिशत मुद्रास्फीति रहेको छ।

२०७७ मंसिरमा यीक्षेत्रहरुमा क्रमशः ३.७१ प्रतिशत, २.३५ प्रतिशत, ३.९५ प्रतिशत र ४.२२ प्रतिशत मुद्रास्फीति रहेको थियो। यसैगरी २०७८ मंसिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.२२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४६ प्रतिशत रहेको थियो।

साथै समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ९.२२ प्रतिशत, ६.११ प्रतिशत र ७.२४ प्रतिशत रहेको छ। समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १९.३४ प्रतिशत रहेको छ।


प्रकाशित : बिहीबार , पुस २९ २०७८११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend