शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द

images
शनिबार, असोज १२ २०८१
images
images
कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द

सप्तरी र सुनसरीतर्फको नहरका चारै ढोकासमेत खोलिएको प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए।

images
images

सुनसरी- कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ। सप्तकोशीमा पानीको बहाव खतराको तह पार गरेपछि उक्त पुलमा आवतजावतमा रोक लगाइएको हो।

images
images

पूर्वी नेपालका पहाडी जिल्लामा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ।

images
images

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले आज एक विज्ञप्ति जारी गर्दै अहिले साँझ ४:०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट आवागमनमा रोक लगाइएको जानकारी दिए।

images
images
images

अत्यावश्यक कामका लागि वैकल्पिक मार्गको प्रयोग गर्नसमेत उनले अनुरोध गरेका छन्।

सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार सप्तकोशीमा पानीको बहाव अहिले प्रतिसेकेन्ड पाँच लाख २१ हजार क्युसेक नाघेको छ।

पानीको बहावले खतराको तह पार गरेपछि कोशी ब्यारेजका सबै ५२ ढोका खोलिएका उनले बताए।

सप्तरी र सुनसरीतर्फको नहरका चारै ढोकासमेत खोलिएको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, असोज १२ २०८११७:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend