बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सप्तकोसीको बिचमा २५ जना अलपत्र, मोटरबोटबाट पनि उद्धार गर्न समस्या

शनिबार, असोज १२ २०८१
सप्तकोसीको बिचमा २५ जना अलपत्र, मोटरबोटबाट पनि उद्धार गर्न समस्या

नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोलीले उद्धारको प्रयास जारी राखेको तर तत्काल सम्भव नदेखिएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।

इटहरी- सप्तकोसी नदीको बिचमा २५ जना अलपत्र परेका छन्। अलपत्र परेकालाई उद्धार गर्न मोटरबोट प्रयोग गर्ने तयारी भइरहेको छ।

सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ नम्बर वडा क्षेत्रमा फसेका स्थानीयलाई उद्धार गर्न नेपाली सेनाको टोली परिचालन भएको छ।

saptakosi - udaar (2).jpeg

नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोलीले उद्धारको प्रयास जारी राखेको तर तत्काल सम्भव नदेखिएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।

saptakosi - udaar (4).jpeg

मोटरबोटबाट उद्धार गर्ने प्रयास गरे पनि पानीको अत्याधिक बहाव र काठको मुढाका कारण समस्या भएको उनको भनाइ छ।

ताप्लेजुङ र पाँचथर जोड्ने मेची राजमार्गको हेवा खोला पुल भत्किएको छ।

saptakosi - udaar (1).jpeg

सप्तकोसीको बाढीले उदयपुरको बेलका नगरपालिकाको वडा नं. १, २, ३, ८ र ९ उच्च जोखिममा परेका छन्।

कोसी ब्यारेजमा ५ लाख २१ हजार क्युसेक बहाव पुगेको छ।

प्रकाशित : शनिबार, असोज १२ २०८११६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend