शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

सप्तकोसीको बिचमा २५ जना अलपत्र, मोटरबोटबाट पनि उद्धार गर्न समस्या

images
शनिबार, असोज १२ २०८१
images
images
सप्तकोसीको बिचमा २५ जना अलपत्र, मोटरबोटबाट पनि उद्धार गर्न समस्या

नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोलीले उद्धारको प्रयास जारी राखेको तर तत्काल सम्भव नदेखिएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।

images
images

इटहरी- सप्तकोसी नदीको बिचमा २५ जना अलपत्र परेका छन्। अलपत्र परेकालाई उद्धार गर्न मोटरबोट प्रयोग गर्ने तयारी भइरहेको छ।

images
images
images

सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ नम्बर वडा क्षेत्रमा फसेका स्थानीयलाई उद्धार गर्न नेपाली सेनाको टोली परिचालन भएको छ।

saptakosi - udaar (2).jpeg

नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोलीले उद्धारको प्रयास जारी राखेको तर तत्काल सम्भव नदेखिएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।

images
saptakosi - udaar (4).jpeg

मोटरबोटबाट उद्धार गर्ने प्रयास गरे पनि पानीको अत्याधिक बहाव र काठको मुढाका कारण समस्या भएको उनको भनाइ छ।

images

ताप्लेजुङ र पाँचथर जोड्ने मेची राजमार्गको हेवा खोला पुल भत्किएको छ।

saptakosi - udaar (1).jpeg

सप्तकोसीको बाढीले उदयपुरको बेलका नगरपालिकाको वडा नं. १, २, ३, ८ र ९ उच्च जोखिममा परेका छन्।

कोसी ब्यारेजमा ५ लाख २१ हजार क्युसेक बहाव पुगेको छ।


प्रकाशित : शनिबार, असोज १२ २०८११६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend