शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

बाढीपहिरोमा परी उपत्यकामा ३२ जनाको मृत्यु, काठमाडौंमा मात्रै एक हजारभन्दा बढी घर डुबानमा

images
शनिबार, असोज १२ २०८१
images
images
बाढीपहिरोमा परी उपत्यकामा ३२ जनाको मृत्यु, काठमाडौंमा मात्रै एक हजारभन्दा बढी घर डुबानमा

अविरलको वर्षाले काठमाडौंमा चारवटा घर भत्किएको छ भने भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ।

images
images

काठमाडौं- अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी काठमाडौं उपत्यकामा मात्रै ३२ जनाले ज्यान गुमाएका छन्।

images
images

पछिल्लो १:५५ सम्मको अपडेटअनुसार अविरल वर्षाले निम्त्याएको बाढीपहिरोलगायत विपत्तिमा परी अहिलेसम्म काठमाडौंमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जनाको ज्यान गुमाएका हुन्।

images
images

यस्तै काठमाडौंमा १०, भक्तपुरमा २ र ललितपुरमा ५ गरी उपत्यकामा १७ जना घाइते भएका छन् भने १२ जना बेपत्ता भएका छन्। यस्तै एक हजार ५३ जनाको उद्धार गरिएको छ।

images
images
images

अविरलको वर्षाले काठमाडौंमा चारवटा घर भत्किएको छ भने भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ।

काठमाडौंमा मात्रै एक हजार २ सय ४४ घर डुबानमा परेका छन्।

उद्धार तथा विपद् प्रतिकार्यका लागि काठमाडौं उपत्यकामा ४ हजार पाँचसय १० सुरक्षाकर्मी परिचालित छन्।


प्रकाशित : शनिबार, असोज १२ २०८११५:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend