शनिबार, असोज ५ गते २०८१    
images
images

खोपको मात्रा पूरा नगरी नेपाल आउँदै हुनुहुन्छ? यस्तो छ नयाँ व्यवस्था

images
बिहीबार , पुस २९ २०७८
images
images
खोपको मात्रा पूरा नगरी नेपाल आउँदै हुनुहुन्छ? यस्तो छ नयाँ व्यवस्था

परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अवस्थामा १० दिन होम क्यारेसिन्टनमा बस्ने गरी प्रवेश अनुमिति दिने र पोजेटिभ आएका लागि संस्थागत आइसोलेसनामा पठाउने विभागले जनाएको छ।

images
images

काठमाडौं- पूर्ण मात्रा खोप नलगाएका तथा पूर्ण मात्रा खोप लगाएको १४ दिन पूरा नभएको अवस्थामा पनि नेपाली नागरिकलाई नेपाल प्रवेशमा रोक नगरिने भएको छ।

images
images
images

अध्यागमन विभागले नेपाली नागरिकका लागि नयाँ व्यवस्था जारी गरेको हो। विभागले ओमिक्रोनको संक्रमण देखिएका दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिबिया, लेसोथो, इन्वाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट लगायत संक्रमण जोखिम भएका देशबाट आउनहरुको हकमा नयाँ व्यवस्था गरेको हो।

विभागले पूर्ण मात्रा खोप नलाएका र पूर्णमात्रा खोप लगाएको १४ दिन नपुगेको हकमा एन्टिजेन परीक्षण अनिवार्य गरेको हो।  परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अवस्थामा १० दिन होम क्यारेसिन्टनमा बस्ने गरी प्रवेश अनुमिति दिने र पोजेटिभ आएका लागि संस्थागत आइसोलेसनामा पठाउने विभागले जनाएको छ।

यसैगरी खोपमा पूर्णमात्रा पूरा नगरेको र खोपको पूर्णमात्रा लगाएको १४ दिन पूरा नभएका  कूटनीतिक तथा अफिसियल पासपोर्ट बाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशीहरुको नेपाल प्रवेशमा अनिवार्य एन्टिजेन परीक्षण गर्ने विभागको सूाचनामा उल्लेख छ। 

images

यसरी परीक्षण गर्दा पोजेटिभ देखिएमा संस्थागत आइसोलेसन वा सम्बन्धित कुटनीति नियोगको जिम्मेवारीमा होम आइसोलेसन पठाउनु पर्ने विभागले जारी गरेको सर्कुलरमा उल्लेख छ। 

यसैगरी नेगेटिभ देखिएकाका लागि १० दिन होटल क्वारेन्टिन वा सम्बन्धित कुटनीति नियोगको जिम्मेवारीमा होम क्वारेन्टिनमा बस्ने गरी अनुमति दिने विभागको सर्कुरमा उल्लेख छ।

hotel.JPG


प्रकाशित : बिहीबार , पुस २९ २०७८१०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend