मंगलबार, माघ २९ गते २०८१    
मंगलबार, माघ २९ २०८१
images
images

ठाउँ-ठाउँमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

images
शनिबार, असोज १२ २०८१
images
images
ठाउँ-ठाउँमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

लगातारको अविरल वर्षाका कारण ग्रामीण क्षेत्रबाट सदरमुकाम तम्घास आवतजावत गर्ने सडक अवरुद्ध बनेका छन्।

images
images

गुल्मी- पहिरोले गुल्मीको तम्घास‐रिडी र रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ।

images
images
images

तम्घास‐रिडी रिडी सडक खण्डअन्तर्गत रेसुंगा नगरपालिका-११ अन्तर्गत उर्लेनी, गुल्मीदरबार गाउँपालिका- ४ अन्तर्गत वीरवास र छत्रकोट गाउँपालिका-३ अन्तर्गत लुम्छामा सडक पहिरो खसेपछि गएरातिदेखि सडक अवरुद्ध बनेको हो। 

images
images

त्यसैगरी रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका-६ स्थित डहरेखोलामा पानीको बहाव बढेको र चन्द्रकोट गाउँपालिका-८ अन्तर्गत मजुवा बजारनजिकै बाघ खोलामा पहिरो खसेपछि शुक्रबार बेलुकीदेखि उक्त सडक अवरुद्ध बनेको छ।

images
images
images

बिहीबारदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मी सडकखण्ड अवरुद्ध बनेको छ। उक्त सडकखण्डअन्तर्गत कालीगण्डकी-४ अन्तर्गत पुर्तिघाटमा पहिरो खसेपछि गए रातिदेखि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो।

सडक अवरुद्ध बनेपछि सदरमुकाम तम्घास, वामीटक्सार र कालीगण्डकीको पुर्तिघाटदेखि पाल्पा, बुटवल र काठमाडौंसम्म छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन्।

सवारीसाधन सञ्चालन नहुँदा त्यस क्षेत्रका नागरिक समस्यामा परेका छन्। सडक सञ्चालन गर्न स्थानीय पालिका र प्रशासनद्वारा पहल भइरहे पनि वर्षा भइरहेको कारण सडक सञ्चालन गर्न पहल भइरहे पनि पहिराको जोखिमका कारण सडक सञ्चालन गर्न समस्या परेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए।

लगातारको अविरल वर्षाका कारण ग्रामीण क्षेत्रबाट सदरमुकाम तम्घास आवतजावत गर्ने सडक अवरुद्ध बनेका छन्।

लगातारको वर्षाका कारण जोखिम बढ्न सक्ने जनाउँदै जिल्ला प्रशासन कार्यालयले खोलाको तटीय क्षेत्र र पहिरो ग्रस्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छन्। रासस


प्रकाशित : शनिबार, असोज १२ २०८११४:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend