शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

चांगानले पोखरामा सार्वजनिक गर्‍यो दिपल ईभी

images
शनिबार, असोज १२ २०८१
images
images
चांगानले पोखरामा सार्वजनिक गर्‍यो दिपल ईभी

साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सक्नेछन् भने नामी ईभीमा ७ किलोवाटको चार्जर पाउनेछन्।

images
images

पोखरा- नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले नेपालले छोटो समयमा निकै रुचाइएको दिपल ईभीहरुलाई पोखरामा सार्वजनिक गरेको छ।

images
images
images

शुक्रबार पोखरामा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापा, नेपाली क्रिकेट लेजेन्ड तथा दिपल ईभीका ब्रान्ड एम्बास्डर पारस खड्का, चांगानको पोखरा डिलर हिमालय अर्गनाइजेसनकी संस्थापक मिलन थापा तथा डाइरेक्टर सौरभ थापाले फ्युचरिस्टिक डिजायन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस०७ र एल०७ ईभी सार्वजनिक गरेका हुन्।

दिपल ईभी सार्वजनिक गर्दै मन्त्री थापाले पोखरामा चांगानको सफलताको कामना गरे। साथै, उनले चांगान र अन्य ब्रान्डहरुले बिक्री मात्र नभइ बिक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

images

त्यसैगरी, दिपल ईभीका ब्रान्ड एम्बास्डर खड्काले दिपल ईभी भ्यालु फर मनि भएको बताए। ‘यसमा यति धेरै फिचरहरु छन् कि जुन अझै पनि अन्य ब्रान्डका ईभीमा उपलब्ध छैन’, उनले भने, ‘म दिपलको पर्फमेन्सबाट पूर्णरुपमा सन्तुष्ट छु। म पोखरालाई आफैँ आएर दिपलको प्रविधि र फिचरको फस्ट ह्यान्ड अनुभव गर्न आग्रह गर्न चाहन्छु।’

images

Deepal Launch pokhara.jpg

चांगान पोखराकी संस्थापक मिलन थापाले दिपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको बताए। ‘औपचारिक रुपमा पोखरामा सार्वजनिक हुनुभन्दा पहिले नै हामीले बजारबाट निकै राम्रो प्रतिक्रिया पाउन थालिसकेका छौँ,’ उनले भने।

त्यसैगरी, चांगान नेपालका मार्केटिंग हेड रमेश दनेखूले एमएडब्लु ग्राहक सन्तुष्टिमा प्रतिबद्ध रहेको बताए। ‘चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो जसको एकसय ६२ वर्ष लामो विरासत छ। र नेपालमा यसलाई प्रतिनिधित्व गर्न पाउँदा एमएडब्लु गर्व गर्छ,’ उनले भने, ‘नेपालमा सार्वजनिक भएको पाँच महिनामै पाँच सयभन्दा दिपल बिक्री भएका छन् र उहाँहरु सबैजना यसको डिजाइन र टेक्नोलोजीका कारण सन्तुष्ट छन्।’

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् जसका कारण यो ईभी नेपाल बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको छ।

एमएडब्लु वृद्धिले अर्को साता पोखराकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्यामको आयोजना गर्दैछ जहाँ ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्नेछन्, जसअन्तर्गत दिपल एस ०७ बजेटअघिको मूल्य ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्।

साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सक्नेछन् भने नामी ईभीमा ७ किलोवाटको चार्जर पाउनेछन्।

ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनेछन्। यसबाहेक ‘अनस्पट फाइनान्सिङ’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सक्ने कम्पनीले जनाएको छ।


प्रकाशित : शनिबार, असोज १२ २०८११४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend